२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महाधिवेशनमा मुखमा पर्वत काँग्रेसलाई झड्का, नेताहरु नेकपामा प्रवेशको लहर

२०७७, २२ भाद्र सोमबार १५:०९

कुश्मा नगरपालिकाका विभिन्न वडाका युवाहरु नेकपा प्रवेश गरेका  छन् ।नवप्रवेशीहरुलाई नेकपाका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरी, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी लगायतले टिका र खाँदा लगाएर नेकपामा प्रवेश गराउनुभएको हो । पार्टी प्रवेश गर्नेहरुमा कुश्मा( ५ का दिपक श्रेष्ठको नेतृत्वमा श्रेष्ठ सहित संगम श्रेष्ठ, मक्तार अली, मोहम्वद अली, कुश्मा २ का सागर पौडेल, कुश्मा ५ कै विकास बोहोरा, रोशन बोहोरा, दिवस बोहोरा, कमल कुँवर, सुजल श्रेष्ठ, प्रदिप परियार, अविनास सुनार, योगेश पुन, विवेक पुन र संगम पौडेल रहेका छन् । त्यसैगरी कुश्मा नगरपालिका वडा नं। ८ चुवाबाट नेपाली काँग्रेस छाडेर इन्द्रबहादुर क्षेत्री, सुदिप लामा, गोपाल जिसी, सजिन केसी र कृष्ण जिसी नेकपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका जिल्ला अध्यक्ष तथा सांसद पदम गिरीले न कुनै अधिवेशन न कुनै निर्वाचन दलहरुबीच कुनै प्रतिस्पर्धानै नभएको बेला युवाहरु स्वत स्फुर्त रुपमा काँग्रेस परित्याग गरेर मुलुकको ठुलो दल नेकपामा प्रवेश गर्नु स्वागतयोग्य रहेको बताउँदै अब कत्तिपति विचलीत नभई सक्रिय राजनीतिमा लाग्न आग्रह गर्नुभयो । नेकपाको बहुमतको सरकारले गरेका राम्रा कामकै कारण बेमौसममा पनि नेपकाप्रति आम कार्यकर्ताहरुको आकर्षण बढेको बताउँदै नवप्रवेशीहरुलाई पार्टीले महत्वपुणर् जिम्मेवारी दिने बताउनुभयो । उहाँले नेकपाको सरकारले गरेका सकारात्मक काहरुलाई तल्लो तहसम्म पुर्‍याउन नसक्दा विपक्षिले भ्रम छरिरहेको बताउँदै यस्ता भ्रमहरुलाई चिर्दै मुलुकको हित, विकास र समृद्धिका लागि दृढ भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नवप्रवेशी युवा दिपक श्रेष्ठले विगतमा गतल पार्टीमा लागेर ठुलो भुल गरेको बताउँदै युवाहरुको शशक्तिकरण र जागरणका लागि नेकपामा लागेर निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रमको संचालन नेकपा पर्वतका कार्यालय सदस्य गोविन्द पहाडीले गर्नुभएको थियो । कार्यक्रममा युवा नेताहरु शिवप्रसाद पौडेल, शंकर गिरी, सुवासचन्द्र पौडेल, अमर सुनार थमनारायण पौडेल, अर्जुन निर्जन पौडेल, नवराज गिरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण