तलब बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन ।
ज"/>
ज"/>
भदौ २३, पर्वत । तलव बढाउन माग गर्दै निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का मजदुरहरु आन्दोलित भएका छन् । लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन् ।
जलविद्युत आयोजना सम्पन्न गर्ने समय सकिएपनि अझै आयोजनाले पूर्णता पाएको छैन । आयोजनाको टनेलभित्र पानी चुहिएका कारण मर्मतकार्य अहिले जारी छ । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा पटक पटक मजुदर कर्मचारीले आन्दोलन गर्दै आएका कारण तोकिएकै समयमा आयोजनाले उत्पादन दिन सकेको छैन । परीक्षण उत्पादनको तयारीमा रहेका बेला टनेलभित्र पानी चुहिएपछि अहिले मर्मत कार्य जारी छ ।
कुश्मा नगरपालिका–८ चुवाको परादीस्थित विद्युतगृहदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो सुरुङको बीचबीचमा कमजोर भू–भाग भेटिएको थियो ।
हेडबक्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युतगृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ हुने भएको छ ।
विसं २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र सुरुङभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।