२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

टिप्पणी–कोरोना महामारीलाई राजनीतिक दलले गिज्याउँदा समुदायमा कोरोना फैलियो

२६ भाद्र २०७७, शुक्रबार १२:४४

महेन्द्र केसी/पर्वत । कोरोना महामारीमा पनि राजनीतिक भेला र कार्यक्रम गरेर दलहरुले महामारीलाई नै गिज्याउने काम गरिरहेका छन् । देशभर कोरोनाको महामारी फैलिएको छ । पर्वतमा पनि अहिलेसम्म ११५ जनामा कोरोना पुष्टि भइसकेको छ । प्रहरीमा समेत कोरोना देखिएपछि समुदायस्तरमै कोरोना फैलिने खतरा बढेको भन्दै चिन्ता व्यक्त भइरहेको बेलामा कुश्मा बजारमा समुदायस्तरमै दुई जनामा कोरोना देखिएको छ । यसले कुश्मा बजारमा भयाभह हुने खतरालाई औलाइरहेको छ ।

प्रहरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएका कारण जिल्लामा खतराको घंटी अझ बढी बजिरहेको छ । तर पनि पर्वतमा दलबीच यही बेलामा पार्टी प्रवेश गराउने र संगठन विस्तारको होडबाजी नै चलेको छ।

कांग्रेसले आगामी महाधिवेशनलाई लक्षित गरेर जिल्लाभर भेला, जमघट र कार्यक्रम जारी राखेको छ । केन्द्रिय नेताहरुकै सक्रियतामा कार्यक्रम नै आयोजना गरेर कांग्रेसले अन्य पार्टीका कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउन थालेको छ । जिल्लामा कांग्रेसका गतिविधि बढेपछि सत्तारुढ नेकपाले पनि सँगसँगै राजनीतिक गतिविधि बढाएको छ ।

मुख्य दुई दलबीच कार्यकर्ता प्रवेश गराउने होडबाजीका कारण गाउँतहसम्म कोरोना संक्रमण फैलिने थप जोखिम बढेको हो ।
नेकपा र काँग्रेसका नेता कार्यकार्ता यतिबेला गाउँ गाउँमा पुग्न थालेका छन् भने एकले अर्को दलका नेता कार्यकर्तालाई आफ्नो दलमा भित्राउने होडबाजी चलिरहेको छ । पछिल्लो समयमा जिल्लामा चुनावी महोल जस्तै पार्टी प्रवेशका हरेक दिनका समाचारले कोरोना फैलाउनको लागि यी नै कारक हुने पो हुन कि भन्ने खतरा बढाएका छ ।

सरकारले कोरोना रोकथाम र न्यूनिकरणको लागि सामाजिक दुरी कायम, माक्सको प्रयोग र साबुन पानीले हात धुनुपर्ने बताउँदै आएको छ तर महामारीलाई वेवास्था गर्दै जिल्लाका राजनीतिक दलहरुले महामारीलाई गिज्याउदै माक्सविना नै कार्यकर्ता जमघट गर्ने, पार्टी प्रवेशका कार्यक्रम गर्ने गरेका छन् ।


न मास्क, न सामाजिक दुरी । दलहरुले पार्टी प्रवेश गराउने र संगठन विस्तार गर्ने नाममा जोखिम बढाउने गतिविधि गरिरहेका हुन् । न्यूनतम स्वास्थ्य मापदण्ड नै नअपनाएर नेताहरु कार्यकर्ता भेलामा व्यस्त छन् । यसले गाउँ तहसम्म नै संक्रमण फैलिने त्रास बढेको हो । मास्क विना नै भीड जम्मा गर्ने, सामाजिक दुरी र सुरक्षा सावधानी नअपनाउँदा जोखिम बढेको हो ।

जिल्ला प्रशासनले समुदायमा कोरोना फैलिएको भन्दै एक हप्ता आन्तरीक यातयात समेत रोक लगाएर नाटक नै रच्यो तर सिडिओ आफै विभिन्न कार्यक्रमको उद्घाटन गर्न पुगे । सरकारले कुनै भेला कार्यक्रम नगर्न र स्वास्थ्य निर्देशिका पालना गर्न आग्रह गरिएको बेलामा सिडिओ नै कार्यालयको उद्घाटनमा सरिक भएका समाचारले जिल्लामा कोरोना महामारीलाई गिज्याइरहेको प्रष्ट देखाएको छ ।

भर्खर भर्खर सरुवा भइ जिल्ला आएका सिडिओलाई कोरोना महामारी फैलिने डरत्रास भन्दा पनि औपचारिक कार्यक्रममा सरिक भएर आफ्नो प्रचार गर्न आवश्यक ठानेर पनि हुनसक्छ । सरकारले जारी गरेको निर्देशिका विपरित औपचारिक कार्यक्रममा सहभागी हुने पुगेको ।


समुदायमै कोरोना देखिएझै कुश्मा नगरपालिकाले विज्ञप्ती नै जारी गरेर भ्रम नै फैलायो । सचेत हुन आग्रह गर्दै प्रचारप्रसार पनि गर्यो तर नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने कुनै डरत्रास विना नै नेकपाका नेता आफ्नो पार्टी काँग्रेसमा प्रवेश गराउनको लागि पार्टी कार्यलयमै पुगिन । जहाँ २ जना नेकपाका कार्यकर्ता प्रवेश गराउनको लागि डेढ दर्जन काँग्रेसका नेता कार्यकर्ता सरिक थिए । उनीहरुलाई कोरोनाको त्रास भन्दा पनि नेकपाका नेता भित्राएको खुसी बढी थियो ।


यी र यस्तै गतिविधिले पर्वतमा महामारीले ठूलो रुप नलेला भन्न सकिदैन । समुदायमा सचेतना फैलाउनुपर्ने राजनीतिक दलहरु नै यसरी महामारीलाई गिज्याएर एकले अर्कोको नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउन लागि पर्नु कक्तिको मानवीय हर्कत हो ।

यस्तो महामारीको बेलामा पनि फोहोरी राजनीतिक गरेर नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने यी नपुंसक नेता र राजनीतिक दलका कारण आज पर्वतमा समुदायस्तरमै कोरोना फैलिएको छ । यसको जिम्मा यी गद्दार नेता र राजनीतिक दलले लिनुपर्छ कि पर्दैन ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य