२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरोमा परेर एक जनाको मृत्यु, तीन जनाको जीबितै उद्दार

२०७७, २९ भाद्र सोमबार ०१:४८

पर्वत , भदौ २९ ।पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ । पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा तीनजनाको उद्धार गरेका छन् । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरेका हुन् । पहिरोले गोठ समेत पुरेको र क्षतिको बिबरण आइनसकेको प्रहरी नायब उपरिक्षक बिश्वराज अधिकारीले जानकारी दिनुभयो ।

दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ । स्थानीय थानेश्वर भुसालको गोठ पनि पहिरोले पुरिएको छ । यता स्थानीय रामप्रसाद तिवारी गोठ पनि पहिरोले पुरेको छ । गोठ पुरिँदा एउटा गोरु पनि मरेको छ ।क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण