२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मध्यपहाडी लोकमार्गमा ठाउँठाउँमा पहिरो

२०७७, २९ भाद्र सोमबार ०८:२६


शान्ति सुवेदी÷पर्वत । लगातार तीनदिन देखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्डको ठाउँठाउँमा पहिरो गएको छ । लोकमार्ग अन्तरण पर्वतखण्डको २७ किलोमिटरमा पहिरोले सडक अवरुद्ध बनेको हो ।

सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।

सडक सञ्चालनका लागि निर्माणाधिन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका इक्युपमेण्टहरु प्रयोग गर्ने तयारी गरेपनि पहिरो खसिरहेका कारण तत्काल काम शुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताए । चुवा, दोविल्ला लगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उनले भने ।

पर्वतखण्डको २७ किलोमिटल सडक जीर्ण बन्दै गएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले समयमा नै काम सम्पन्न गर्न नसकेका कारण सडक जोखिपूर्ण बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण