2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वाग्मती प्रदेश प्रहरी कार्यालयद्वारा सुझाव पेटिका स्थापना

असोज १, मकवानपुर । वाग्मती प्रदेश प्रहरी कार्यालयले प्रदेशको १३ जिल्लाका ४१ वटा नगरपालिका कार्यालय परिसरमा पहिलोपल्ट प्रहरी कर्मचारीबाट भएका कामको गुनासो र थप सुझाव सङ्कलन गर्ने उद्देश्यले सुझाव पेटिका स्थापना कार्य शुरु गरेको छ ।

 हेटौँडा उपमहानगरपालिकाको परिसरमा राखिएको प्रहरी सुझाव पेटिकाको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र  वाग्मती प्रदेश प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले आज यहाँ शुभारम्भ गर्नुभएको छ ।

प्रमुख महतले सर्वसाधारण जनताले सम्बन्धित प्रहरी कार्यालयमा पुगेर आफ्ना समस्या राख्न खोज्दा सुनुवाइ नहुने र तत्काल अपराध नियन्त्रण गर्ने क्रममा प्रहरी सङ्गठनबाट कारबाही अगाडि बढाउन नसकिएको गुनासोलाई सुधार गरी जनताको विश्वास आर्जन गर्ने कार्यका लागि प्रहरीले आफूलाई मन, वचन, कर्मले कर्तव्यनिष्ठ भई अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक लामाले जनतालाई सहज पहुँचको आधारमा प्रहरी कर्मचारीहरुले आफ्नो कर्तव्य पालना गर्ने सिलसिलामा गरिएको कामको मूल्याङ्कन सुझाव र सुधार गर्नुपर्ने कार्यका लागि सहज तुल्याइने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुझाव पेटिका स्थानीय निकायमा राख्न उपयुक्त भएको र  सो पेटिकाबाट प्राप्त सुझावको अध्ययन गरी सम्बन्धित कार्यालयमा कारबाहीका लागि पठाइने पनि जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक लामाले प्रथम चरणमा स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुको कार्यालयमा क्रमशः सुझाव पेटिका राखिने भएको जानकारी दिनुभयो ।

वाग्मती प्रदेशमा काठमाडौँ, ललितपुर, भरतपुर महानगरपालिका र हेटौँडा उपमहानगरपालिका रहेका छन् । रसुवा जिल्लामा भने नगरपालिका नभएकाले सम्बन्धित गाउँपालिकाबाटै सुझाव पेटिका राखी कार्य सञ्चालन गरिने  पनि प्रदेश प्रहरी कार्यालयका सूचना अधिकृत रोशन थापाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता