२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एक क्वीन्टल गाजासहित दुई पक्राउ

२०७७, ३ आश्विन शनिबार ०३:४८

असोज ३, चितवन | प्रहरीले एक क्वीन्टल गाजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति नगरपालिका–११ का २४ वर्षीय पदमबहादुर मोक्तान र २५ वर्षीय दोर्जे तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । निजहरुको साथबाट गाजा बोक्न प्रयोग गरेको ना ३९ प २२५८ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । 

प्रहरी नायब उपरीक्षक सूर्य थापाले गाजा बरामदपछि खोज तलासका क्रममा निजलाई बिहीबार दुई बजे भण्डारा चोकबाट पक्राउ गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय भण्डाराको गस्ती टोलीले भदौ २१ गते राति राप्तीको दवाडीचोक नजिक पम्फा खोला किनारमा पाँच बोरा पोका बनाई राखेको एक क्वीन्टल गाजा बेवारिसे अवस्थामा बरामद गरेको थियो । सो पश्चात् अनुसन्धानका क्रममा उनीहरुलाई मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

पक्राउ परेकालाई बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको उहाँको भनाइ छ । सो घटनामा सङ्लन रहेको आशंका गरिएको एक जना फरार रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै