२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

२०७७, ३ आश्विन शनिबार ०९:२७

असोज ३, डडेलधुरा | डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका १८६ जनाको शुक्रबार नमूनम परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट जिनी गणेजुले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये डडेल्धुरा जिल्लाका नवदुर्गा गाउँपालिकाका दुई र अमरगढी नगरपालिका एक, दार्चुलाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक तथा बैतडीको पाटन नगरपालिकाका दुई गरी कूल २६ जना रहेको सो अस्पलालले जनाएको छ । 

काँग्रेस नगरसभापतिद्वारा राहत वितरण

कोरोना भाइरसको सङ्क्रमण फैलिएयता नेपाली काँग्रेस अमरगढी नगर सभापति दानबहादुर पालले विपन्न, गरिब तथा आर्थिक अवस्था कमजोर परिवारलाई राहत वितरण गर्दै आएका छन् । उहाँले लकडाउन शुरु भएदेखि नै विपन्न र ज्यालादारीमा काम गर्ने तथा विभिन्न समस्यामा पर्दै आएका परिवारलाई खाद्यान्नलगायत विभिन्न सहयोग गर्दै आउनुभएको हो । 

नगर सभापति पालले कोरोना भाइरसका कारण प्रभावित भएका अमरगढी नगरपालिका—९ चमालेकका दलित बस्तीमा पनि खाद्यान्न बाँडेका छन् । यसैगरी उहाँले अमरगढी नगरपालिका—१० बिजोडा गाउँका एक परिवारलाई पनि नगद सहयोग गरेका छन् । बिजोडाका मोहनबहादुर बिष्टको २८ वर्षकै उमेरमा निधन भएको थियो । उनको परिवारको सहयोग गर्न पालले वडा सदस्य प्रेमबहादुर बिष्टलाई रु दुई हजार पाँच नगद उपलब्ध गराएका छन् । सभापति पाल समाजिक कार्यमा पनि अग्रसर रहेका छन् । उहाँले अहिलेको बेला मजदूर र छाक टार्न समस्यामा रहेका मानिसलाई सहयोग गर्नु नै ठूलो पुण्य रहेको बताउँदै आफूले क्षमता अनुसारको सहयोग गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण