२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पौडेल निर्वाचित

३ आश्विन २०७७, शनिबार १३:३३


पर्वत । पर्वत सुनचाँदी व्यावसायी संघको अध्यक्षमा ठाकुर वि पौडेल निर्वाचित भएका छन् ।  सुनचाँदी व्यवसायीको  सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेल निर्वाचित भएका ह्ुन । उनी पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष समेत हुन ।

त्यस्तै संघको उपाध्यक्षमा मोहलाल विश्वकर्मा, विनोद विक्रम पोख्रल, सचिवमा कुलबहादुर सुनार, कोषाध्यक्षमा कृष्ण विस्वकर्मा, सहसचिवमा सुर्य रसाइली, सहकोषाध्यक्षमा टिकाराम विश्वकर्मा निर्वाचित भएका छन् । 

सदस्यहरुमा सुजन विश्वकर्मा , भुवन विश्वकर्मा ,धनराज वि.पौडेल, प्रकाश विश्वकर्मा ,विकास श्रेष्ठ ,नवीन विश्वकर्मा, ओम बहादुर विश्वकर्मा र विवेक सुनार निर्वाचित भएका छन् ।

सतौ साधरणसभाको उद्घाटन गर्दै  जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्माले व्यवसायी हरु राज्को नितिनियम मा रहेर मर्यादित रुपले जिम्मेवार भई व्यवसाय संचालन गर्न आग्रह गर्दै सफलतापुर्बक कार्य सम्पन्न गरेकोमा समितिलाई बधाई तथा आउने कार्य समितिलाई सफल कार्य को लागि शुभकामना दिए ।


 नयाँ नेतृत्वले सुनचाँदी व्यवसायीको हकहितको रक्षा सक्ने सक्षम नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको बताए । उनले सुनचाँदी व्यवसायीको हकहितको संरक्षणको लागि जिल्लाका सुनचाँदी व्यवसायीहरु एक हुनु आवश्यक रहेको बताएका थिए । 

नेपाल सुनचाँदी व्यावसायी महासंघका उपाध्यक्ष  तथा   कार्यक्रमका विशिष्ट अतिथि निर्मल विश्वकर्मा, पुर्वअध्यक्ष लखन सुनार, सल्लाहकार तथा फनपा ११ का वडाअध्यक्ष जितवहादुर सुनार,सुनचाँदी व्यावसायी महिला समुहकी अध्यक्ष तारा विश्वकर्मा लगाएतले सफल कार्यकार्य सम्पन्न गरेको भन्दै विकास विश्वकर्मा नेतृत्वको टिमलाई बधाई तथा धन्यबाद दिएका थिए  भने नयाँ कार्यासमितिलाई सफलताको शुभकामना दिएका थिए ।

जिल्ला अध्यक्ष विकास विश्वकर्माको अध्यक्षतामा भएको सातौ साधरण सभाको स्वागत उपाध्यक्ष कृष्णवहादुर सुनार र संचालन सचिव विनोद विक्रम पोख्रेलले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान