२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

क्यान्सरका कर्मचारी मृत भेटिए

२०७७, ४ आश्विन आईतवार ०२:५०

असोज ४, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार अस्पताल हँुदै बगेको  नहरमा भेटिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको भन्दै थप अनुसन्धान प्रहरीले गर्ने बताउनुभयो ।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका–८ घर भई भरतपुर महानगरपालिका–३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेका छन् ।

त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहीँभित्र तारमा कपडा सुकाउने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण