Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कोरोना सङ्क्रमितको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ५, विराटनगर । </b>कोरोना सङ्क्रमित एक महिलाको&nbsp; मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।&nbsp; ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताउनुभयो ।&nbsp;<br></p><p>उच्च रक्तचाप र&nbsp; कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको&nbsp; सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।&nbsp; उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । रासस&nbsp;</p>