Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रहरी हिरासतमै आत्महत्या प्रयास गर्ने वाईबाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ८,मकवानपुर ।</b></p><p>मकवानपुरको बकैया गाउँपालिका–६, गडुवानमा भदौ १४ गतेदेखि हराएका एक बालकको हत्यामा संलग्न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका बकैया–६ गडुवानका २९ वर्षीय सुवास वाईबाको मृत्यु भएको छ । प्रहरी हिरासतमै रहेका बेला शौचालयमा आत्महत्या प्रयास गरिएका भनिएका वाईबाको उपचारको क्रममा गत शुक्रबार भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । हराइरहेको भनिएका बालकको शव भदौ १९ गते गडुवान खोला नजिकैको झाडीमा बरामद भएपछि प्रहरीले अनुसन्धानका क्रममा वाईबा र मृतक बालकका फुपुका छोरा २७ वर्षीय मंगलसिंह वाईबालाई भदौ २२ गते पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानको क्रममा सुवास वाईबाले हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।</p>