२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

होम आइसोलेसनमा बस्ने बढे

२०७७, ९ आश्विन शुक्रबार ०४:४१

असोज ९, रत्ननगर  । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको हो । “लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे”, उहाँले भन्नुभयो, “घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो । छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ ।” यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ ।

लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ । लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारी बताउनुहुन्छ ।

होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ । घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ । हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४४९ जना बसेका छन् । रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँच/पाँच जना छन् । चितवनमा अहिलेसम्म एक हजार ६७७ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । जसमध्ये पुरुष ९९३ र महिला ६८४ छन् । त्यसमध्ये ७१५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस