२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामग्री वितरण

२०७७, १४ आश्विन बुधबार ०६:१५

असोज १४, गण्डकी । पोखरा महानगरपालिका–१७ पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्ग स्थलमा अध्ययनरत घरेलु श्रमिक  बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ ।

साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० बालबालिकालाई मङ्गलबार आयोजित एक समारोहमा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

लायन्स क्लवका डिष्ट्रिक्ट गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्सले विशेषगरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

क्लबका अध्यक्ष नीरज पन्तका अनुसार सत्सङ्ग भवनका लागि आवश्यक कार्पेट, शैक्षिक सामग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरेको हो ।ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्गका अध्यक्ष टोपराज ढुङ्गानाले घर, होटल, रेष्टुरेन्ट तथा वर्कसपहरुमा श्रम गर्ने श्रमिक बालबालिकाको शिक्षादीक्षा एवं ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको बताउनुभयो ।

सो संस्थामा हाल ३० जना श्रमिक बालबालिका अध्ययनरत रहेका छन् भने २५ भन्दा भढी ज्येष्ठ नागरिकले दिवा सेवा लिइरहेको बताउँदै उहाँले संस्थाको सक्रियतामा सार्वजनिक जग्गामा रु तीन लाखको लागतमा ट्रष्ट भवन निर्माण गरिएको जानकारी दिनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालबालिकालाई पठनपाठन गराउने लक्ष्यका साथ शुरु गरिएको सो संस्थाले अक्षर चिनाउने र पायक पर्ने सरकारी विद्यालयमा भर्ना गरी उनीहरुको पढाइलाई निरन्तरता दिंदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण