2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुको खत्याड गाँउपालिकामा २ जनामा कोरोना पोजेटिभ देखियो

दान बहादुर बुढा | असोज १५, मुगु | बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ केही दिनदेखी मुक्त भएको मुगु जिल्लामा पुर्न खत्याड गाँउपालिकामा दुई जनामा थप कोरोना पोजेटिभ देखिएको छ ।

खत्याड गाँउपालिकाको स्वास्थ्य शाखाले मिति २०७७असोज ८ गते संकलन गरिएको १८जना स्थानिय बासिहरुको  पिसिआर संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको र १६ जनाको नेगेटिभ रिपोर्ट आए जिल्ला बिपद् ब्यवस्थापन समिति मुगुका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताएका छन ।

कोरोना पोजेटिभ देखिनेमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नम्बर ११ का २६ बर्षका पुरुष रहेका छन । उनीसंगै मोटर साईकलमा काठमाडौबाट आएकी श्रीमतिलाई  भने नेगेटीभ रिपोट आएको  छ । अर्को कोरोना देखिएका सोही गाँउपालीका वडा नम्बर ७ बस्ने ३६ बर्षका स्थानिय हुन्, उनि लामो समयदेखि गाँउमा बस्दै आएको जानकारी रहेको छ । अब चाड-बाड नजिकै आउन लागेका छन्, जिल्ला बाहिर रहेका आफन्तहरु घर आउन लागेका छन्, झन कोरोनाको जोखिम बढ्न सक्ने छ । नियमित रुपमा साबुनपानीले हात-मुख धुने, नियमित सरसफाई गर्ने अनिवार्य रुपमा माक्स प्रयोग गर्ने, भिडभाड नगर्ने, सेनिटाईजर प्रयोग गर्ने, यदी कानुन बिपरित कार्य गर्नेलाई कारवाई समेत गर्ने प्रजिअ निरौलाले बताएका छन ।

कोरोना पोजेटिभ देखिएका दुबै जनालाई खत्याड गाँउपालिका रातापानिमा  रहेको आईसोलेशनमा राखिएको संक्रमितसंग सम्पर्कमा आएकाहरुको संम्पर्क गरि पिसिआर टेस्ट गर्न समेत लगाईएको  जिल्ला प्रशासन कार्यालय मुगुले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो