२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

२०७७, १८ आश्विन आईतवार ०२:२४

असोज १८, कर्णाली | पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा नौ गरी ५१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“शनिबार पुष्टि भएका सङ्क्रमितमा गृहणीदेखि क्याम्पस लेक्चररसम्म छन्”, स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भन्नुभयो, “बाह्र जना त स्वास्थ्यकर्मी मात्रै छन् । शनिबार पुनः ५१ जना थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ७८० पुगेको छ ।” सङ्क्रमितमा सुर्खेतका ३७, दैलेखका १०, कालीकोटका एक र प्रदेशबाहिरका तीन व्यक्ति रहेको उहाँले बताउनुभयो ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका दुई, स्वास्थ्यकर्मी १२, बहालवाला दुई र अवकाश एकसहित तीन कर्मचारी, क्वारेन्टिनमा रहेका पाँच, विद्यार्थी चार, व्यापारी तीन, कृषक, नेपाली सेना, गृहणी, लेक्चरर, सहकारी, सुनचाँदी पसल र शिक्षक एक/एक व्यक्ति रहेका छन् । दैलेखमा भने नौ नागरिकमा सङ्क्रमण देखिएको हो ।

त्यस्तै शनिबार ४५ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ९० पुगेको अधिकृत कँडेलको भनाइ छ । प्रदेशका विभिन्न आइसोलेसनमा ६०५ जना रहेका छन् । कोरोना महामारीका रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँका सबै क्षेत्रमा सङ्क्रमण फैलिँदै गएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय