२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी

२०७७, २० आश्विन मंगलवार ०४:२७

असोज २०, दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याउने भएको छ । यात्रुलाई पर्न सक्ने समस्या तत्कालै समाधान गर्ने उद्देश्यले प्रहरीले पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी गरेको हो ।

मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा स्थापना हुने यात्रु सहायता कक्षले यात्रुहरुका गुनासो समाधान गर्ने प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनीको पुलजीप, बन्दीपुरको डुम्रे, व्यासको दमौली, म्याग्देको थर्पु र शुक्लागण्डकीको कोत्रेमा यस्ता कक्ष स्थापना हुनेछन् । 

“चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्,” उहाँले भन्नुभयो, “सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्न लागेका हौ ।”  लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् । 

प्रहरीले नजिकिदै गरेको नेपालीहरुको महान् पर्वलाई ध्यानमा राखेर सुरक्षा योजना समेत निर्माण गरेको छ  चाडपर्वको समयमा बढी आपराधिक घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । 

चाडपर्वका समयमा बढी सवारी साधन सञ्चालन हुने भएकाले यात्रुहरुलाई सुरक्षित रुपमा यात्रा गर्ने व्यवस्था मिलाउने, सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिने पौडेलले जानकारी दिनुभयो । “बढी भिडभाड हुँदा कोभिडको जोखिम रहने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्छौ,” उहाँले भन्नुभयो, “सबैलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्याउन सहयोग गर्नु प्रहरीको कर्तव्य हो ।”

चाडपर्वका क्रममा हुन सक्ने घटना न्यूनीकरणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने र राति १० बजेपछि मादक पदार्थ सेवन गरी होहल्ला गर्नेलाई पक्राउ गरिने जनाइएको छ । होटल तथा रेष्टुरेष्टलाई पनि समय निर्धारण गरेर व्यवस्थित बनाउन पहल गरिने छ । 

सुरक्षा योजनामा चाडपर्वको समयमा सर्वसाधारणहरु भेला हुन सक्ने सार्वजनिक स्थानको सुरक्षा स्थिति सामान्य बनाउने, अवाञ्छित क्रियाकलाप तथा घटनाहरु न्यूनिकरण गर्ने, रातको समयमा चोरी र होहल्ला बढी हुने हुँदा सो को नियन्त्रण गर्न र रातको समयमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने, जुवातासलाई नियन्त्रण गर्ने लगायत समेटिएको छ । प्रहरी उपरिक्षक पौडेलले आर्थिक अपराधका घटना हुन सक्ने सम्भावनालाई सुक्ष्म तरिकाले अध्ययन गरी योजना बनाएर प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ । 

अब सवारीमा  ‘चेन लक’

नियम विपरित गलत ठाउँमा सवारी पार्किङ गर्नुभएको छ ? केही समयका लागि मात्रै त हो भनेर जथाभावी सवारी छाडेर हिँड्नुभएको छ ? यस्तो गर्नुभएको छ भने होशियार हुनुहोला ! कारवाहीमा पर्नुहोला । 

जथाभावी पार्किङ गर्ने क्रम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालले अब ‘चेन लक’ को अवधारणा ल्याएको छ । तोकिएको ठाउँमा भन्दा बाहेक पार्किङ गर्ने सवारीलाई ‘चेन लक’ गराएर सम्बन्धित धनीलाई जरीवाना गरिएको  कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।

“पार्किङलाई व्यवस्थित गर्न र सर्वसाधारणलाई सचेत गराउन चेन लकको अवधारणा ल्याएका हौ, जहाँपायो त्यहाँ पार्किङ गर्ने सवारी कारवाहीमा पर्छन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार निषेधित स्थानमा पार्किङ गरेको देख्नेबित्तिकै सवारी साधन चलाउन नमिल्ने गरी ‘चेन लक’ गरिनेछ । त्यसो गर्दा चेनमै प्रहरीको नम्बर टाँस गरिनेछ । “उक्त नम्बरमा फोन गरेपछि सम्बन्धित सवारीधनीले कार्यालयमा आएर जरीवाना तिरेपछि मात्रै प्रहरीले चेन खोलिदिन्छ,” उहाँले भन्नुभयो, “त्यस्ता व्यक्तिहरुलाई रु एक हजार जरीवाना हुनेछ ।”

कतिपय ठाउँमा निषेधित स्थानमा पार्किङ गरेर सम्बन्धित धनी कामका लागि अन्यत्रै जाने गरेका छन् । “त्यस्तो बेला प्रहरी कुरेर बसिराख्न भ्याउँदैन, सवारीमा चेन लक गरेपछि प्रहरी आफ्नो नियमित काममा जान्छ,” प्रमुख रानाभाटले भन्नुभयो, “सवारी लक भएको थाहा पाएपछि सम्बन्धित धनीले नै फोन गर्छन् ।” दमौली बजारको पार्किङ व्यवस्थापनका लागि यो अभियान सफल हुने प्रहरीले विश्वास  लिएको छ ।

प्रहरीले उद्योग वाणिज्य सङ्घको समन्वयमा दमौली प्रवेश गर्ने बुल्दीपुलदेखि मादीपुलसम्मको क्षेत्रलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिसकेको छ । साथै सङ्घकै सहयोगमा दमौलीका विभिन्न ठाउँमा ट्राफिक कोण समेत राखिएको छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु