2026-08-31 05:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मानव आक्रमण गर्ने बाघलाई निगरानी गरिँदै

असोज २१, रत्नननगर । चितवनमा यही असोज १० र १२ गते बाघको आक्रमणबाट दुई जनाको ज्यान गयो । दुई दिनको बीचमा दुई जनाको ज्यान गएपछि यसबारे अनुसान्धान थालिएको छ । वन र वन्यजन्तुको क्षेत्रमा काम गर्दै आइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कुमरोजमा मानिसलाई आक्रमण गर्ने बाघलाई क्यामेरामार्फत निगरानी बढाइएको छ । कार्यालयका प्रमुख डा बाबुराम लामिछानेले फेरि पनि अप्रिय घटना घट्नसक्ने भएकाले कुमरोज सामुदायिक वनमा आक्रमण गर्नेे बाघलाई निगरानी बढाइएको जानकारी दिनुभयो ।

“बाघ अहिले पनि सोही स्थानमा हिँडडुल गर्ने गरेको क्यामेरामा दृश्य कैद भइरहेको तर अहिले तत्काल समातेर राख्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाघ बस्तीमा प्रवेश गरे त्यसलाई अति संवेदनशील मानिन्छ । त्यही भएर क्यामेरा राखेर त्यसको गतिविधि अध्ययन गर्ने काम पनि भइरहेको छ । बस्ती प्रवेश गर्ने सङ्केत देखाए स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्छाैँ ।”

बाघको बानी ब्यहोरा र स्वास्थ्य अवस्थाबारे जानकारी लिन घटना भएकै दिनबाट क्यामेरा राखेर निगरानी गरिएको कार्यालयका प्रमुख लामिछानेले जानकारी दिनुभयो । बाघको दैनिक कैद भएको दृश्यको आधारमा अध्ययन तथा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । डा लामिछानेका अनुसार बाघ अशक्त बूढो, शिकार गर्न नसक्ने, अन्य बाघसँग बस्न नसकेको खण्डमा वनको छेउ भागमा आउने गर्दछ । यो अवस्थामा मानिसलाई आक्रमण गर्ने सम्भावना बढी हुन्छ । प्रमुख लामिछानेका अनुसार कुमरोजमा आक्रमण गर्ने बाघ पूर्णरूपमा स्वास्थ रहेको पत्ता लागेको छ । कुनै पनि चोट, घाउ र अशक्तता देखिएको छैन । सो बाघ करिब आठ वर्ष उमेरको भाले पाटेबाघ हो । सन् २०१८ को बाघ गणनाको क्रममा सो बाघ पाँच वर्षको थियो ।

कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले रत्ननगर–६ का ५५ वर्षीय बबना चौधरीलाई आक्रमण गरेको थियो । घटनामा बाघले जरायो भर्खर मारेर खाना थालेका समय मृतक सोही स्थानमा घाँस काट्दै पुगेपछि आक्रमण गरेको देखिएको छ । त्यस्तै भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बाघले स्थानीय ६५ वर्षीय जगदीश चौधरीलाई मारेको थियो । यो बाघलाई अहिले निकुञ्जले नियन्त्रणमा राखेको छ । बाघलाई अहिले खोरमा राखेर उपचार गरिँदैछ । दुई घटना घटाउने बाघ भने फरक–फरक हुन् ।

“बाघ लजालु स्वाभावको हुन्छ”, उहाँले भन्नुभयो, “मानिससँग टाढै बस्छ । तर शिकार गरेको आहार खाने समयमा वा सोही स्थानमा नजिकै भएमा आक्रमण गर्छ ।” बाघहरु अस्वस्थ भएर मानिसलाई आक्रमण गरेको भन्ने निष्कर्ष निक्लिए त्यो बाघलाई उपचारपछि छाडिन्छ । चितवन राष्ट्रिय निकुञ्जको बाघमध्ये चार प्रतिशतले मानव बस्ती नजिक रहने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । चितवनमा हाल ९३ वटा बाघ रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ मानिएको पाटेबाघ, एकसिङ्गे गैँडा पाइन्छ । यही जनवारबाट बर्सेनि निकुञ्जसँग बस्ती जोडिएका  मानिसले ज्यान गुमाउनुपरेको छ । निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आए पनि कमी भने आउन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता