४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारको लागि स्वास्थ्य परीक्षण गराउने यी ३५ संस्थाको अनुमति खारेज (सुचि सहित)

२३ आश्विन २०७७, शुक्रबार १५:५२

असोज २३, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ३५ वटा स्वास्थ्य संस्थाको अनुमति खारेज भएको छ । धरौटी वापतको रकम नतिरेपछि सरकारले सूचीकरण खारेज गरिदिएका स्वास्थ्य संस्थाहरुमा नेपालकै चल्तीका अस्पतालहरुसमेत परेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमावलीमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले पाँच लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ। नियम लागू हुनुअघि नै सूचीकरण भएका संस्थालाई थप दुई लाख रुपैयाँ धरौटी बुझाउन तीन महिनाको समय दिइएको थियो।

त्यसबमोजिम थप रकम धरौटी नबुझाउने ३५ वटा स्वास्थ्य संस्थाको सूचीकरण मन्त्रिस्तरीय निर्णयबाट खारेज गरिएको मन्त्रालयले जनाएको छ।

सूचीकरण खारेज हुनेमा काठमाडौंका चल्तीका अस्पतालहरु समेत परेका छन्। जसमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर (चाबहिल), अन्नपूर्ण न्युरो अस्पताल (माइतीघर),  नेपाल ग्रीन सिटी अस्पताल (धापासी), भेनस अस्पताल (मध्यबानेश्वर), मेघा अस्पताल (सानेपा), नोबेल हस्पिटल (सिनामंगल), किष्ट मेडिकल कलेज (इमाडोल), सिद्धि पोलिक्लिनिक (ज्ञानेश्वर) र जनस्वास्थ्य केन्द्र (बालाजु) लगायतका  स्वास्थ्य संस्थाहरु छन्। यस्तै, चितवन मेडिकल कलेज (चितवन) पनि सूचीकरण खारेज हुनेमा परेको छ ।

खारेजीमा परेका स्वास्थ्य संस्थालाई पहिले नै जम्मा गरिसकेको धरौटीको रकम फिर्ता लैजान पनि मन्त्रालयले सूचीत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ