2026-09-18 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भत्ता बाँड्दै झापाको सहारा

असोज २६, झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता दिँदै आएको छ । 

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत यसवर्ष झापा र मोरङ जिल्लामा रु ५३ लाख ७६ हजार भत्ता वितरण गरिएको संस्थाले जनाएको छ ।

सहकारीको विर्तामोड अनुगमन कार्यालयका अधिकृत घनश्याम रायाका अनुसार वार्षिक रुपमा एकल महिलाले रु आठ हजार, एकल पुरुषले रु छ हजार, शारीरिक अशक्तले रु १० हजार, ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकले रु छ हजार, ७० वर्ष नाघेकाले रु आठ हजार र ८१ वर्ष नाघेका व्यक्तिले रु १० हजारका दरले भत्ता पाउँछन् ।

यसवर्ष ६९५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर वितरण गरिएको अनुगमन अधिकृत रायाले बताउनुभयो । सबैभन्दा बढी रु ४० लाख ८० हजार रकम ५१० एकल महिलालाई वितरण गरिएको छ । सहारा नेपालका एक लाखभन्दा बढी सदस्य रहेका छन् । 

संस्थाले सदस्यको स्वास्थ्य सुरक्षाका लागि ‘जीवन बरदान’ नामक कार्यक्रम लागू गरेको छ । यसअन्तर्गत सदस्य बनेकाले क्यान्सर, मिर्गौला, मुटुलगायतका जुनसुकै घातक रोग लाग्दासमेत उपचार खर्च पाउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई