२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

अनुपयोगी बन्दै हुलाक सेवा

२०७७, २६ आश्विन सोमबार १२:१७

असोज २६, लमजुङ । जिल्लामा रहेका हुलाक सेवा अनुपयोगी बन्दै गएका छन् । विगतमा उपयोगी र प्रभावकारीरूपले सञ्चार सेवा गर्दै आइरहेको हुलाकसेवा अहिले समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा जिल्ला हुलाक कार्यालयसहित सबै हुलाकी कार्यालय अनुपयोगी बनेको हो । 

दोर्दी गाउँपालिकाका बयोबृद्धा सरस्वती गुरुङले भन्नुभयो, विगतमा हुलाकी दाइले घरघरमा चिठीपत्र ल्याउने गर्दथे, बिदेशमा रहेका लाहुरे छोराको खबर चिठीपत्रमार्फत मात्रै पाइने हुँदा हुलाक सेवाको प्रभावकारिता थियो । त्यतिबेला हुलाकी दाइ देखेपछि आफन्तहरूका चिठीपत्र आयो कि भनेर दौडेर लिन जाने गरेका थियौ तर अहिले प्रविधिको युगले विश्वभरको खबर एक मिनेटमै पाउन सकिने भएकाले हुलाकको अवश्यकता रहेन। त्यस्तै, सोही गाउँपालिका वडा नं. ३ का अर्का बृद्ध  बुद्धिमान श्रेष्ठले कसैलाई केही खबर पठाउन परेपनि हुलाकबाटै चिठीपत्र पठाउने गरेका थियौँ । हुलाकी दाइ गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो  कि भन्दै सोध्ने गर्दथ्यौ, खबरको माध्यम भनेकै चिठीपत्र थियो उहाँले भन्नुभयो । 

अहिलेका पुस्ता भने  हुलाकबारे जानकार नै छैनन्  । हुलाक भनेको सुनेको छु तर यसको काम के हो ? कुनै जानकारी नभएको बेँसीशहर नगरपालिका–८ की विद्यार्थी  सिर्जना श्रेष्ठले बताउनुभयो  । उहाँले भन्नुभयो, अहिलेसम्म हुलाक सेवा हाम्रो  आवश्यकतामा नपरेकाले त्यसबारे कुनै जानकारी भएन । प्रविधिको युगले गर्दा मजस्ता अधिकांश नयाँ पुस्ताहरूलाई हुलाक सेवाबारे  जानकारी नहुनसक्ने उहाँको भनाइ थियो । 

सूचना र प्रविधिको युगसँगै हुलाकको ढाँचामा परिवर्तन हुन नसक्दा हुलाक टिकट बिक्री, सरकारी कामकाजका चिठी, पत्रपत्रिका आदाप्रदान, कहिलेकाही बैंकबाट ऋण लगेर भाका नाघेका ब्यक्तिहरूलाई चिठी पठाउनेजस्ता काममा  मात्रै यसको प्रयोग  हुने गरेको निमित्त हुलाक अधिकृत ज्ञानेन्द्र मरशिनीले बताउनुभयो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको पाइन्छ । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाकसेवा प्रभाबकारी बनेपनि यहिले हुलाक सेवाभन्दा इन्टरनेटमार्फत म्यासेज, म्यासेन्जर, भइभरजस्ता प्रविधिको प्रयोगले दु्रत सेवा दिने भएकाले  हुलाकसेवाको प्रभावकारिता घटदै गएको उहाँको भनाइ थियो  । 

यतिबेला हुलाक सुनसान जस्तै बनेको छ । जिल्ला हुलाक कार्यालयमा सरकारी चिठी र केही ब्यक्तिको पार्सललगायत  बढीमा १५÷२० वटा र कम्तिमा ९÷१० वटा चिठी दैनिक आउने गरेको छ  ।  हुलाक कार्यालयमा खासै काम नहुदा हुलाकका कर्मचारीहरू फुर्सदिला बनेका छन् ।  जिल्लामा एकवटा जिल्ला हुलाक कार्यालय, १० वटा इलाका हुलाक कार्यालय र  ५० वटा अतिरिक्त हुलाक कार्यालय गरी ६१ वटा हुलाक कार्यालयमा २७०  कर्मचारी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण