२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च

२०७७, २७ आश्विन मंगलवार १०:३९

असोज २७, चितवन । समग्र देशको तुलनामा चितवनमा कोभिड–१९ सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको हो । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा कूल सङ्क्रमित सङ्ख्या एक लाख ११ हजार ८०२ रहेको छ भने मृत्यु ६४५ पुगेको छ । यस हिसाबले नेपालको मृत्युदर ०.५७ प्रतिशत हुन आउँछ तर जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाको मृत्युदर १.२८ प्रतिशत पुगेको छ । जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर बढी हो ।

 जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा कूल सङ्क्रमित सङ्ख्या दुई हजार ७९२ रहेको छ । त्यसमध्ये ३६ जनाको मृत्यु भएको हो । जिल्लामा एक हजार ६७२ जना निको भएका छन् भने एक हजार ११८ जना सक्रिय सङ्क्रमित रहेका छन् । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको सङ्ख्या ६४ पुगेको छ । मृत्यु भएकामध्ये पनि सबैभन्दा धेरै भरतपुर अस्पतालमा रहेका छन् । भरतपुर अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये पाँच प्रतिशतको मृत्यु भएको छ । ८१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् भने १४ प्रतिशत उपचाररत रहेका छन् । यस अवधिमा भरतपुर अस्पतालमा उपचार गरिएका ३०१ कोरोना सङ्क्रमितमध्ये १०२ जना चितवनभन्दा बाहिरी जिल्लाका रहेका छन् । चितवनबाहेक १२ जिल्लाका सङ्क्रमित यहाँ उपचार गर्न आउने गरेका छन् ।

 जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी शुरु शुरुमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत युवा वर्गलाई सङ्क्रमण भएको भए पनि पछिल्लो समय पाको उमेरका दीर्घरोगी बढी प्रभावित भएकाले मृत्युदर बढेको बताउनुहुन्छ । युरोपमा समेत ७५ वर्ष माथिकाको मृत्युदर २५ प्रतिशत भएको भन्दै उहाँले माथिल्लो उमेर र दीर्घरोगी बढी प्रभावित हुने जानकारी दिनुभयो । यो रोगले कसैकसैलाई झुक्याउने गरेको उहाँको भनाइ छ । एकैचोटी निमोनिया भएर अस्पताल आउँदाआउँदै मृत्युसमेत हुने गरेको छ ।

 भरतपुर अस्पताल विकास समितिका अध्यक्ष तथा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी होम आइसोलेसनमा रहेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ज्वरो, खोकी लागेपछि घरमै बस्नु ठीक हो कि भनेर घरमै बस्ने र अन्तिम अवस्थामा निमोनियासहित अस्पताल आउने धेरै भए ।” उहाँका अनुसार घरमा आइसोलेसन बस्नेले आफ्नो स्वास्थ्यको खतराको चिह्न पहिचान गर्न नसक्दा जोखिम बढेको छ । घरमा आइसोलेसन बस्नेले ज्वरो, रगतमा अक्सिजनको मात्रा, स्वासप्रस्वासमा भएको समस्या आदिबारे जानकारी लिइरहनुपर्ने र यस्ता सूचक थोरै मात्रै तलमाथि भएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

 पहिलेदेखि मृगौलाको डायलासिस गराइरहेका बिरामीले नियमित डायलासिस गराउन नपाउँदा पनि बढी जोखिमा बढेको अधिकारी बताउनुहुन्छ । यसै जिल्लामा स्वास्थ्य सेवा राम्रो भएका कारण यही सेवा उपभोग गर्नकै लागि बसोबास गर्ने पनि धेरै रहेको उहाँको भनाइ छ । यातायात, शिक्षा र स्वास्थ्यका हिसाबले उत्कृष्ट जिल्ला भएका कारण चितवन बसोबासको दृष्टिले मानिसको रोजाइमा पर्ने गरेको तर जिल्लामा रोगको प्रकोप पनि बढी हुने गरेको छ । भाइरल ज्वरो, डेङ्गु, स्क्रबटाइफसजस्ता रोगको प्रकोप पनि जिल्लामा बढी हुने गरेको छ । यातायातको सुविधाले मानिसको सहज आउजाउले पनि रोग भित्रिन मद्दत पुग्ने गरेको विज्ञ बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा