2026-08-23 11:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोभिड–१९ उपचार केन्द्रमा प्लाज्माथेरापी सेवा शुरु

असोज २७, मोरङ । प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा आजदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको छ । कोभिड १९ का कडा बिरामीका लागि आजदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको हो । 

कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरी सेवा शुभारम्भ गर्नुभएको हो । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा शैय्या सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताउनुभयो । 

केन्द्रमा लक्षणसहितका सङ्क्रमितको उपचार हुने गरेको छ भने आजसम्म केन्द्रबाट ४६१ जना सङक्रमित निको भई घर फर्केका छन् भने ६२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जना कोरोना थपिएका छन् । यस अवधिमा गरिएको एक हजार २३६ जनाको पिसीआर परीक्षणमा १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ  ।

सङ्क्रमित हुनेहरुमा सुनसरीमा ३४४, मोरङमा ५६, झापामा सात, उदयपुरमा छ, सङ्खुवासभामा तीन, भोजपुर, पाँचथर र प्रदेश  बाहिरका एक÷एक जना रहेका छन् ।  प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार १७० पुगेको छ । प्रदेशमा आज १९ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म  चार हजार ८७३ जना निको भएका छन् । प्रदेशमा अहिलेसम्म एक लाख ३९ हजार ९२८ जनाको पिसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । 

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषद्बीच सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गा मोरङ र राष्ट्रिय अनुसन्धान परिषद्वीच  विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने सम्झौता भएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयको सक्रियतामा आज अनलाइनमार्फत विश्वविद्यालयका प्रमुख डा सुवासश्री पोखरेल र परिषद्का अध्यक्ष डा महावीर पुनबीच सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।  

विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नवीनतम क्षेत्रमा अनुसन्धान गर्ने विश्वविद्यालयका प्रमुख डा पोखरेलले जानकारी दिनुभयो । विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य स्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । 

सम्झौताअनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने भएको छ । सो सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताउँदै अनुसन्धानको जग बसाउने काम शुरु भएकाले विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताउनुभयो । 

राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा सञ्चालन गर्ने चर्चा गर्दै सिर्जनशील र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरी उद्यमी बन्न सक्ने बताउनुभयो । नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सम्झौताले मुलुकको आर्थिक समृद्धि कायम गर्न  बल पुग्ने धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो