2026-10-23 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोभिड–१९ उपचार केन्द्रमा प्लाज्माथेरापी सेवा शुरु

असोज २७, मोरङ । प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा आजदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको छ । कोभिड १९ का कडा बिरामीका लागि आजदेखि प्लाज्माथेरापी सेवा शुरु गरिएको हो । 

कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरी सेवा शुभारम्भ गर्नुभएको हो । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी ८० वटा शैय्या सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताउनुभयो । 

केन्द्रमा लक्षणसहितका सङ्क्रमितको उपचार हुने गरेको छ भने आजसम्म केन्द्रबाट ४६१ जना सङक्रमित निको भई घर फर्केका छन् भने ६२ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जना कोरोना थपिएका छन् । यस अवधिमा गरिएको एक हजार २३६ जनाको पिसीआर परीक्षणमा १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ  ।

सङ्क्रमित हुनेहरुमा सुनसरीमा ३४४, मोरङमा ५६, झापामा सात, उदयपुरमा छ, सङ्खुवासभामा तीन, भोजपुर, पाँचथर र प्रदेश  बाहिरका एक÷एक जना रहेका छन् ।  प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार १७० पुगेको छ । प्रदेशमा आज १९ जना सङ्क्रमित निको भई घर फर्केका छन् भने हालसम्म  चार हजार ८७३ जना निको भएका छन् । प्रदेशमा अहिलेसम्म एक लाख ३९ हजार ९२८ जनाको पिसीआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । 

मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुन्धान परिषद्बीच सम्झौता

मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगङ्गा मोरङ र राष्ट्रिय अनुसन्धान परिषद्वीच  विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने सम्झौता भएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयको सक्रियतामा आज अनलाइनमार्फत विश्वविद्यालयका प्रमुख डा सुवासश्री पोखरेल र परिषद्का अध्यक्ष डा महावीर पुनबीच सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।  

विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्रविधि, वातावरण, उद्योग, सेवा र नवीनतम क्षेत्रमा अनुसन्धान गर्ने विश्वविद्यालयका प्रमुख डा पोखरेलले जानकारी दिनुभयो । विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य स्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ । 

सम्झौताअनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्ने भएको छ । सो सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताउँदै अनुसन्धानको जग बसाउने काम शुरु भएकाले विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताउनुभयो । 

राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविस्कार केन्द्रको मोडलमा सञ्चालन गर्ने चर्चा गर्दै सिर्जनशील र प्रतिभाशाली व्यक्तिहरु अनुसन्धान गरी उद्यमी बन्न सक्ने बताउनुभयो । नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सम्झौताले मुलुकको आर्थिक समृद्धि कायम गर्न  बल पुग्ने धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने