५ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मङ्सिरदेखि हेटौंडाबाटै सवारी चालक अनुमतिपत्र वितरण गरिने

२७ आश्विन २०७७, मंगलवार १५:१५

असोज २७, मकवानपुर । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ । कार्यालयका अनुसार अब वागमती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण हुने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका प्रवक्ता नवीन सिंहले जानकारी दिनुभयो । 

प्रदेश यातायात सेवा कार्यालयले साउनको पहिलो हप्तादेखि असोज २२ गते अपराह्नसम्ममा विभिन्न जिल्लाको गरी सवारी चालकको पुरानो र नयाँ गरी १२ हजार ५४५ वटा अनुमति पत्र (स्मार्टकार्ड) सेवाग्राहीलाई वितरण गरिएको सो कार्यालयका प्रमुख भक्तबहादुर थापाले जानकारी दिनुभयो ।

सङ्घीय सरकारद्वारा कोभिड–१९ को सङ्क्रमणको अवस्थामा बन्दाबन्दी र निषेधाज्ञाको कारणबाट यातायात सवारी साधनको दर्ता, नवीकरण, जाँचपास गर्ने क्रम अवरुद्ध हुँदा जरिवाना लाग्ने जरिवाना बागमती प्रदेश सरकारले अगामी कात्तिक मसान्तसम्म म्याद थप गरी छुट गर्ने निर्णय गरेको प्रदेश यातायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर थापाले बताउनुभयो । प्रदेशको उपत्याकाबाहेक १० जिल्लाका यातायात व्यवसायीहरुको साथै निजी सवारीसाधन प्रयोगकर्ताहरुलाई दैनिक सेवा प्रवाह गर्न आवश्यक कर्मचारी जनशक्तिको अभाव रहेकाले तुरुन्तै सेवा दिन समस्या भएको उहाँको भनाइ थियो । 

कार्यालयको पूर्ण क्षमताअनुसार कामकाज गर्न थप ४२ जना कर्मचारीको दरबन्दी उपलब्ध गराउन वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा माग गरिएको र आवश्यक प्रक्रिया शुरु भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । गत भदौ १५ गतेसम्ममा कूल १० हजार २९४ वटा स्मार्ट कार्ड छपाइ गरी ल्याइसकेको कार्यालयले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईई बहिष्कार गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रहरी कार्यालयनजिकै युवकमाथि खुकुरी प्रहार आर्थिक सहयोग नरोकिदिन अमेरिकी सरकारसँग मन्त्री राणाको आग्रह प्रचण्ड र उनको परिवारको कारणले गणतन्त्रको अन्त्य हुन्छः ज्ञानबहादुर शाही पाटन क्याम्पसको लफडामा ३ जना घाइते- नेविसंघले गुण्डा लगाएको अनेरास्ववियुको आरोप युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न परराष्ट्रमन्त्रीको आग्रह पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने पोखरा बेलुन विस्फोट घटना : छानविन समितिले बुझायो प्रतिवेदन नौ वर्षअघि बरामद भएको सात केजी सुन र २५ करोडको ‘कनेक्सन’ खोज्दै प्रहरी मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पौने ३ लाख ठग्ने महिला पक्राउ इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए २५ करोड रकमसहित पक्राउ परेका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामा भरियामात्र: प्रहरी एसईई सुरु नहुँदै तोकियो नतिजा निकाल्ने मिति मोरङमा आगलागीबाट एक बलिकाको मृत्यु, ८ घर जले* ट्रकबाट २५ करोड बरामद:  यसअघि पनि सात किलो सुन तस्करीमा जेल बसेर छुटेका पक्राउ परेका लामा  बसको ठक्करबाट मकवानपुरमा स्कुटर चालकको मृत्यु १२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो इजरायलद्वारा गजामा आक्रमण, हमासले भन्यो– सयभन्दा बढी मानिस मारिए