2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

कोभिड अस्पताल निर्माणमा जुटे भोजपुरका स्थानीय तह

असोज २८, भोजपुर । भोजपुरका सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ । अस्पताल निर्माणका लागि स्थानीय तहरुले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । पौवादुङमा गाउँपालिका–४ मानेडाँडा, रामप्रसादराई गाउँपालिका–६ र हतुवागढी गाउँपालिका–४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थालेका छन् ।

केन्द्रबाट आएको परिपत्रअनुसार आवश्यक कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “केन्द्रबाट आएको जानकारीअनुसार हामीले प्रक्रिया अगाडि बढाएका छौँ, वडा नं ४ खैराङमा निर्माण गर्ने लक्ष्यका साथ कर्मचारीको दरखास्त माग गरिएको छ ।”

पौवादुङमा गाउँपालिकाले भने आवश्यक स्वास्थ्यकर्मीको समेत छनोट सम्पन्न गरेर केन्द्रबाट आएको परिपत्रअनुसार कामको थालनी गरेको जनाएको छ । वडा नं ४ मानेडाँडामा निर्माण हुने अस्पतालमा गाउँपालिकाले ल्याबसमेत सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हाम्रो कोभिड अस्थायी अस्पताल निर्माणका लागि काम अघि बढिसकेको छ, केन्द्रबाट रु १० लाख बजेट आएको छ, त्यसले ल्याब स्थापना गर्न रकम कम भएपछि गाउँपालिकाले नै ल्याब स्थापना गरेर दशैँअघिसम्ममा सञ्चालनमा ल्याउने तयारीमा छौँ ।”

निर्माण हुन लागेको अस्पतालमा अक्सिजनसहित पाँच शैय्या रहने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानु दाहालले जानकारी दिनुभयो । त्यस्तै टेम्केमैयुङ, आमचोक, अरुण, साल्पासिलिछो गाउँपालिका  र षडानन्द नगरपालिकाले पनि प्रक्रियामा लागेको जनाएका छन् भने अरुण गाउँपालिका र भोजपुर नगरपालिकाले पनि निर्माणको काम थालनी गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई