४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

फालिएका मास्कबाटै जोखिम बढ्यो

३० आश्विन २०७७, शुक्रबार ०८:५८

असोज ३०, लमजुङ । जिल्लामा कोरोना सङ्क्रमणको उच्च जोखिम कायम रहेपनि मास्क नलगाउने र लगाएको मास्क जथाभावी फाल्नेको सङख्या वृद्धि हुँदा थप जोखिम बढ्न थालेको छ । सरकारले कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउन आग्रह गरेपनि शहरबजारदेखि गाउँघरसम्मै मास्क नलगाउने र लगाएकाहरूले समेत जथाभावी फाल्ने गर्दा जिल्लामा उच्च जोखिम बढ्न थालेको हो ।

चाडपर्व नजिकिएसँगै किनमेलका लागि शहरबजारका पसलमा र  विभिन्न कार्यालयहरूमा आउने सेवाग्राही तथा सर्वसाधरणको भीड बढिरहेको र कोरोनाको जोखिम बढीरहेको बेला अधिकांशले  मास्क बिना हिड्डुल गर्ने  र प्रयोग गरेकाहरूले समेत जथाभावी फाल्ने गर्दा स्थानीय बासिन्दा त्रस्त  भएको बेँसीशहर नगरपालिका ७ का बिपिन श्रेष्ठले बताउनुभयो ।

प्रयोग गरी फालिएको मास्कमा थुक, र्याल र सिँगानको छिटा रहेको हुनसक्ने र यसबाट अन्य ब्यक्तिलाई सङ्क्रमण हुनसक्ने  चिकित्सकहरूको भनाइ छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणमा जिल्लाबासी नै जिम्मेवारी तथा सचेत रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भन्नुभयो, “प्रशासनले आम नागरिकलाई सचेत रहन, मास्क अनिवार्य प्रयोग गरेर, हिँड्न आग्रह गर्दै आइरहेको छ  तर पनि प्रशासनको बेवास्ता र कोरोना सङ्क्रमणकै बेवास्ता गरेका कारण जिल्लामा थप जोखिम बढिरहेको छ ।”

जतिसुकै सचेतनामुलक सूचना जारी गरेपनि कोरोना सङ्क्रमणबाट बच्न विभिन्न तरिका अपनाउन अनुरोध गरेपनि नागरिकहरूले लार्पबाही गरिरहेका छन् ।

जिल्लामा बिहिबार बिहानसम्म ११४ महिला र ३६० पुरुष गरी ४७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो   । यीमध्ये, ८६ महिला र २९६ पुरुष गरी ३८३  सङ्क्रमित निको भइसकेका छन् भने २८ महिला र ६४  पुरुष गरी ९२ जना जिल्लाको विभिन्न आइसोलेसनमा उपचाररत् रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस 






 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ