2026-10-23 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

कर उठाउने नगरले फोहर उठाउँदैन

कात्तिक १, ताप्लेजुङ | ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ तोक्मेडाँडा हटियामा नगरपालिकाले फोहर उठाउन छाडेपछि दिनदिनै बजार दुर्गन्धित बन्दै गएको छ । 

ताप्लेजुङको सदरमुकाम फुङलिङबजारको तोक्मेडाँडामा विगतदेखि नै मङ्गलबार र शनिबार गरी हप्ताको दुई दिन हटिया बजार लाग्दै आएको  छ । 

स्थानीय कृषकले उत्पादन गरेको सागसब्जी, भटमासबाट तयार पारिएको किनिमा, स्थानीय दिदीबहिनीले बनाएको जाँडरक्सीका लागि मर्चा साथै स्थानीय उद्यमीहरुको आफ्नो उत्पादन बिक्री गर्ने केन्द्र विन्दु हो, हटिया बजार । यहाँ जिल्लाका साना तथा घरेलु उद्योगदेखि गाउँघरका उत्पादन, वनजङ्गलमा पाइने निगुरो, याङबेङ जस्ता अग्र्यानिक वस्तु खरिद बिक्री हुने गर्दछ । गाउँगाउँ उत्पादन गरेको सागसब्जी बिक्री गर्ने प्रमुख थलो हो, हटिया बजार । तर त्यहाँ फोहोर मैला थुपारिएको दृश्य जो कोहीले सजिलै हेर्न सकिन्छ । फोहरमा बसेर व्यापार व्यवसाय गर्ने नियती बन्दै गएको स्थानीयवासी सुकमाया राईले बताउनुभयो । 

नगरपालिकाले सुनदेखि नुनसम्मको कर उठाउने गरेको भए पनि त्यहाँको फोहोर उठाउने गरेको छैन । कर तिरेपछि फोहर मैलामा बसेर आफ्नो उत्पादन गरेको सागसब्जी बिक्री गर्नुपर्दा आफँैले नमज्जा लागेको अर्का किसान निर्मला राईको भनाइ छ । क्रेता तथा बिक्रेता भेट हुने प्रमुख केन्द्र हटिया भएकाले यहाँको फोहोर उठाउन सरोकारवालाले ध्यान दिनुपर्ने हटियामा किनमेल गर्नआएका तेज भट्टराई बताउनुभयो । 

बजारबाट निस्किएको फोहर मैलालाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर ठाउँ—ठाउँमा डस्टबिन राख्नुपर्ने माग स्थानीवासीको छ । बजारमा फोहर मैला त हुने नै भो तर नगरले प्रत्येक बिक्रेताबाट रु १० देखि एक सयसम्म बहाल विटौडी कर उठाउँदै आएकाले यहाँको फोहर मैला व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने ज्ञानेद्र पौडेलको भनाइ छ । 

फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा रु पाँच लाख ५१ हजार तथा चालु आर्थिक वर्षमा रु दुई लाख ५१ हजारमा राजकुमार तामाङलाई हटियाको ठेक्का दिएको छ । हटिया बजारमा मात्र होइन फुङलिङ बजारमै  पनि फोहर मैला व्यवस्थापन हुन सकेको छैन । तोक्मेडाँडा बसपार्कदेखि लिएर विभिन्न चोकमा साथै ढलहरुमा फोहर मैला भरिएको छ । फुङलिङ नगरपालिकाभित्र डस्टबिन राखेको छैन । फुङलिङ नगरपालिकामा फोहर मैला व्यस्थापन गर्नका लागि आव २०७६/७७ मा कुमार लिम्बूले रु १७ लाखमा ठेक्का लिएको थियो । कोरोनाका महामारीका कारणले गर्दा फोहर मैला व्यवस्थापनमा समस्या आएपछि चार महिनाको रु पाँच लाख ६६ हजार ३३४ छुट नगरपालिकाले दिएको थियो । 

रु पाँच लाख ६६ हजार ८३३ यस अगाडि नै नगरपालिकामा ठेकेदर लिम्बूले भुक्तानी गरिसकेको छ, भने रु पाँच लाख ६६ हजार ८३३ नगरपालिकामा भुक्तानी गर्न बाँकी रहेको फुङलिङ गरपालिकाका सूचना अधिकारी भुपाल सेन्दाङले जानकारी दिनुभयो । यस आर्थिक वर्षको फोहर मैला व्यवस्थापनका लागि चार पटक ठेक्का आह्वान गर्दा पनि कुनै ठेक्का नपरेको सूचना अधिकारी सेन्दाङले बताउनुभयो । यस आवमा ठेक्का नलागेपछि  नगरपालिकाले अहिलेसम्म व्यवस्थापन गर्दै आएको र नगरवासीसँग कुनै शुल्क पनि अहिलेसम्म नलिएको सूचना अधिकारी सेन्दाङले बताउनुभयो । 

हटिया बजारमा भएको सार्वजनिक शौचालयदेखि त्यहाँको सरसफाइ गर्न एकजना कर्मचारी नै राखेर फोहरमैला व्यवस्थापन भइरहेको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्यकुरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने