४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी प्रदेशको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक

२ कार्तिक २०७७, आईतवार ०७:००

कार्त्तिक २, गण्डकी । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ ।

बडा दशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वलाई दृष्टिगत गर्दै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले आफ्नो मातहतका ११ वटै जिल्लामा कात्तिक १ गतेदेखि लागू हुने गरी विस्तृत सुरक्षा योजना सार्वजनिक गरेको हो ।

योजनाको कार्यान्वयनको अवस्थालाई अनुगमन गर्न वरिष्ठ प्रहरी अधिकृतको संयोजकत्वमा समितिसमेत बनाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । सवारी दुर्घटना कम गरी सडकमा आवागमन सहज बनाउने मुख्य लक्ष्य राखिएको सो योजनाले सङ्क्रमणबाट बच्ने र बचाउने सम्बन्धमा सरकारबाट निर्दिष्ट मापदण्ड कार्यान्वयन गर्ने÷गराउने उहाँले बताउनुभयो । 

उक्त योजनाअन्तर्गत सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन गर्ने, सवारी साधन दुर्घटनालाई न्यून गर्ने, राजमार्गमा हुने सवारी साधन दुर्घटना कम गर्ने, मुख्य राजमार्गमा दुर्घटना भएमा कम्तीमा १० मिनेटभित्र ट्राफिक प्रहरी घटनास्थलमा पुग्ने, उद्धार र कारबाहीमा संलग्न हुनेलगायत विषय समेटिएको छ ।

शहरी तथा ग्रामीण सडकखण्डमा सवारी साधनको छतमा यात्रु चढेर यात्रा गर्ने, क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन चलाउनेलगायत गतिविधि नियन्त्रण गर्न थप जाँचको  व्यवस्था गर्ने, सवारी साधनको कमी हुने अवस्था आएमा यातायात कम्पनीसँग समन्वय गरी थप सवारी साधन सञ्चालन गर्ने व्यवस्था मिलाउने, सबै जिल्ला र प्रवेश नाकामा १९ यात्रु सहायता कक्षको स्थापना गरी यात्रुलाई सहजता कायम गर्ने लक्ष्य राखिएको छ । 

यात्रु सहायता कक्षमा ३८ ट्राफिक प्रहरी परिचालन गरिने कार्कीले जानकारी दिनुभयो । विपद् उद्धार कार्यमा परिचालन हुने गरी १२ समूह बनाई ५६ जना परिचालन गरिएको उहाँले उल्लेख गर्नुभयो । सबै जिल्लामा २८५ ट्राफिक प्रहरी चाडपर्व सुरक्षाका लागि परिचालन गरिने कार्कीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ