२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

गाउँपालिकामा चिकित्सक राखेर स्वास्थ्य सेवा

२०७७, ३ कार्तिक सोमबार ०४:५४

कार्त्तिक ३, डोटी । जिल्लाका नौ वटा स्थानीय तह मध्ये पूर्वीचौकी गाउँपालिकाले स्वास्थ्य चौकीमै एमबीबीएस गरेका चिकित्सको व्यवस्था गरी नागरिकलाई स्वास्थ्य सेवा दिन शुरु गरेको छ । गाउँपालिकाको केन्द्र रहेको वडा नं. ४ स्थित सानागाउँ स्वास्थ्यचौकीमा  गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक डा अंकित रेग्मीलाई नियुक्त गरेको हो । स्थानीय तहमा चिकित्सक राख्ने पूर्वीचौकी गाउँपालिका दास्रो स्थानीय तह भएको स्थानीयवासी चक्रबहादुर कठायतले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बिरामीको सङ्ख्या अधिक हुने र सामान्य उपचारका लागि पनि घण्टौँ टाढा सिलगढी तथा जिल्ला बाहिर बिरामीले जाँच गर्न जानुपर्ने बाध्यता भएका कारण बिरामीको सहजताका लागि मासिक रु एक लाख तलवमा चिकित्सकको व्यवस्था गरिएकोे बताउनुभयो । 

गाउँपालिका स्वास्थ्य संयोजक राजु खड्काले नयाँ सेवा दिन थालेपछि अहिले सानागाउँ स्वास्थ्यचौकीमा उपचारका लागि आउने स्थानीयवासीको निकै भीड लाग्न थालेको बताउनुभयो ।

स्वास्थ्यचौकीमा विभिन्न पदमा कार्यरत आठ कर्मचारी छन् । बिरामीको उपचारका लागि हाल हस्पिटल बेडको व्यवस्था नभएकाले भर्ना गरी उपचार गर्न कठिनाइ रहेकोमा चाँडै १० शैय्याको भवन निर्माण कार्य शुरु गर्ने गरी नेपाल सरकारबाट रु ८५ लाख रकम विनियोजन भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण