२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दशैंमा सुनसान सीमा नाका

२०७७, ३ कार्तिक सोमबार ०९:१५

कात्तिक ३, महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरको गड्डाचौकी नाका र पूर्वी डोकेबजारस्थित त्रिनगर नाका यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छन् ।सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट दशैं, तिहार, नयाँ बर्ष (बिशु पर्व) र गौरा पर्व मनाउनेहरू घर फर्किने गर्थे । कोरोना भाइरसको त्रासका कारण गत चैतदेखि नै लाखौं नेपाली भारत छाडेर स्वदेश आइसकेकाले पनि चाडपर्वमा सीमानाकाहरू सुनसान भएका हुन् । गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवनिरीक्षक नरेन्द्र चन्दले भारतबाट यहाँको नाका हुँदै दैनिक दुईदेखि तीनसय नेपाली स्वदेश फर्किरहेको बताउनुभयो ।

“कोरोनाको डरले नेपालीहरू पहिल्यै हजारौंको सङ्ख्यामा यहाँबाट भित्रिसके ।” उहाँले भन्नुभयो, “यसवर्ष विगतजस्तो चाडपर्वमा आउनेहरूको तछाडमछाड छैन ।” भारतबाट आउनेहरूमध्ये पनि बीस प्रतिशत मात्रै दशैंलगायत चाडपर्व मनाउन आएको बताउने गरेको प्रहरी नायवनिरीक्षक थापाले जानकारी दिनुभयो । “ अहिले पनि भारतबाट कोरोनाकै डरले नेपालीहरू घर आइरहेका छन् ।” गड्डाचौकी नाकाबाट दैनिक १००देखि २००सम्म नागरिक भारत रोजगारीका लागि गइरहेको प्रहरीको भनाइ छ । विगतमा दशै शुरू हुनुअघि नै यहाँको नाकाबाट दैनिक दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका थिए ।

कृष्णपुर नगरपालिकाका अर्जुन जोशीले कोरोनाले भारतमा हुँदा पनि दुखः पाइएकाले दिल्लीबाट घर फर्किनुपरेको बताउनुभयो । “लामो समयसम्म कम्पनी बन्द भएकाले कोठामै बस्नु पर्यो ।” उहाँले भन्नुभयो, “अहिले त सुरक्षितरूपले घर पुग्नु नै ठूलो कुरो भइसक्यो  ।  कोरोनाका कारण धेरै नेपालीको रोजगारी  गुमेकाले स्वदेशमै काम गर्ने योजना बनाएर  धेरैजसो घर फर्किरहेका छन्।” उहाँले भन्नुभयो ।कोरनाका कारण यहाँका नाकाहरूबाट सुदूरपश्चिममा मात्रै डेढ लाखभन्दा बढी स्वदेश भित्रिएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ । 

त्यसैगरी डोकेबजार नाकाबाट गत आइतबार बिहान ३०२ जना भारतबाट स्वदेश फर्किएका थिए भने ४८ नेपाली रोजगारीका लागि भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायवनिरीक्षक भुपाल थापाले जानकारी दिनुभयो ।“ विगतजस्तो भारतबाट बिदामा पर्व मनाउन आउनेहरूको सङख्या धेरै नै कम छ ।” उहाँले भन्नुभयो–“ अस्तिसम्म भारत जानेहरूको सङ्ख्या बढी थियो ।”

डोकेबजार नाकाबाट दैनिक ५००देखि ८०० नेपाली घर फर्किरहेको प्रहरीको भनाइ छ । “आर्थिक अवस्थाले धेरै नेपाली दशैं छाडेर पनि मजदूरीका लागि भारत गइरहेका छन् ।” प्रहरी नायवनिरीक्षक थापाले भन्नुभयो ।  कोरोना सङ्क्रमण बढिरहदा घर आउनेहरू अघिल्ला महिनाहरूमै आइसके ।” 

यहाँबाट भारतको राजधानी दिल्ली, बैंग्लोर, पुना, मुम्बै, पञ्जाब, देहरादुन, हरिद्धार, राजस्थान, कुमाउ गड्वाल र सिमलालगायत स्थानमा नेपालीहरू मजदूरीका लागि जाने गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा यात्रुहरूको सहजताका लागि सीमानाका क्षेत्रमासमेत गरेर प्रदेशका ४०  स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू