२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

२०७७, ४ कार्तिक मंगलवार ०६:०६

कार्त्तिक ४, कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल सफारी र जङ्गल वाकका लागि निकुञ्ज खुला गरिएको जनाएको छ ।

निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ । जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ । निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जङ्गल ड्राइभ र जङ्गल वाक गर्न पाइने बताइएको छ ।

निकुञ्जभित्र हुने र्याफटिङ, हात्ती सफारी, फिसिङ र क्याम्पिङ पर्यटकका लागि खुला नगरिएको जारी सूचनामा जनाइएको छ । निकुञ्जमा जङ्गल सफारी र जङ्गल वाकमा जाने पर्यटकले राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० को पूर्णपालना गर्नुपर्ने छ । निकुञ्ज कार्यालयसँग सहमति लिएर मात्रै निकुञ्ज प्रवेश दिइने छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा गत चैत महिनादेखि निषेध गरिएको थियो । निकुञ्ज प्रवेश बन्द हुँदा पर्यटकीय गतिविधि शून्य रहेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६/७७ मा एक हजार ७७५ जना पर्यटकले भ्रमण गरेका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा चार हजार २९४ ले कमी हो । आव २०७५/७६ मा छ हजार ६९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । कोरोना महामारीको सङ्क्रमण र जोखिमका कारण पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका कर्मचारीको भनाइ छ ।

निकुञ्जमा संरक्षित क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान, बाह्रसिङ्गाको ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघ रहेका छन् । निकुञ्जका यिनै जनावार र प्राकृतिक सौन्दर्यता हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु