२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका सेरावासी टर्की पालनतर्फ आकर्षित

२०७७, १५ कार्तिक शनिबार ०५:१५

कात्तिक १५, तनहुँ । तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । 

टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी  दिनुभयो । स्थानीय कुखुरा र बट्टाई पाल्दै आउनुभएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्की पाल्न शुरु गर्नुभएको थियो । यसको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको बताइएको छ । 

टर्की, कोडाकनाथ, फेन्सीजात, लौकाड, हाँस, बट्टाई, लोकल कुखुरालगायतका नौ जातका महङ्गा पक्षीहरु पाल्दै आएपनि कोरोनाका कारण अन्य सबै बिक्री गरेर अहिले टर्की मात्रै पाल्दै आएको उहाँले बताउनुभयो । पाँच वटा खोर खाली छन् । उहाँले भन्नुभयो, “चल्ला ल्याउने स्थानमै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जोखिम रहेकोले ल्याउन नसकिएको हो ।  सहज परिस्थ्तिि भएपछि पुन ः पाल्ने योजना बनाएको छु ।”

एक दिने चल्लाको रु ३५० देखि ४५० सम्म मूल्य पर्ने र ६ महिनापछि खाना योग्य हुने उहाँले बताउनुभयो । चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी बलियो बनाउनुका साथै मुटु, मधुमेह, रक्तचापलगायत दीर्घकालीन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी रहेको छ । चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने यसको विशेषता रहेको बताइएको छ । 

तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकाले माग अनुरुप पूर्ति गर्न नसकिएको स्थानीय शोभा पौडेलले बताउनुभयो । एक सय टर्की पाल्दा ६ महिनामा झण्डै चार लाखसम्म कमाउन सकिने किसान पौडेल बताउनुहुन्छ । ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोग्रामसम्म तौल हुन्छ । उहाँले भन्नुभयो, “शुरु शुरुमा त काटेर बिक्री गर्न गाह्रो गाह्रो भयो, अहिले हप्तामा एउटा टर्की घरमै काट्दा बिक्री भैरहेको छ ।” 

गाउँ घरमा सबैले टर्की पाल्न शुरु गरेपछि केही महिना अघि आफूले पनि ७० वटा टर्की ल्याएर पाल्न थालेको अर्का स्थानीय सुभद्रा कार्की पराजुलीले बताउनुभयो । तीन महिना अघिदेखि ल्याएर आफूले पहिलो पटक टर्की पाल्न शुरु गरेको उहाँले जानकारी दिनुभयो । 

उक्त क्षेत्रका चौध घरपरिवारले टर्की पाल्न शुरु गरेका छन् भने अन्य परिवारले टर्की पाल्नको लागि चल्ला माग गरिरहेको किसान पौडेलले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा