2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा ६ हजार कोरोना सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

कार्त्तिक १८, ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको हो । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या आठ हजार ८१० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१५ पुगेको कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । 

यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार ८६१ र मृतकको सङ्ख्या ३५ पुगेको र्यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकामा हालसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या पाँच हजार ४४२ पुगेको छ भने सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५४६ पुगेको छ ।” महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमणबाट मुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या ८०१ र मृतकको सङ्ख्या छ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ अहिलेसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या एक हजार १५४ र सक्रिय सङ्क्रमित सङ्ख्या ३४७ पुगिसकेको छ ।”

गोदावरीमा आज बिहानसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४३५ र मृत्यु हुने नगरवासीको सङ्ख्या सात पुगेको छ । त्यहाँ हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ६३१ र सक्रिय सङ्क्रमित सङ्ख्या १८९ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीको वडा नं  ११ चापागाउँ ५२ महिला र ६४ पुरुष गरी ११६ जना सबैभन्दा बढी सङ्क्रमित रहेको वडा हो भने वडा नं ७ देवीचौर हालसम्म एक जना व्यक्तिमात्र सङ्क्रमित भएको वडा रहेको नगरपालिका सूचना अधिकृत विष्णु कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गोदावरी ठेगाना भएका तीन पुरुष र एक महिला गरी चार जना व्यक्तिको अझैसम्म पनि पहिचान खुल्न सकेको छैन ।” 

यर्काेतर्फ दक्षिण ललितपुरका वाग्मती, महाँकाल र कोञ्ज्योसोम तीन गाउँपालिकाका धेरैजसो कोरोना सङ्क्रमितले स्वास्थ्यलाभ गरेर डिस्चार्ज भइसकेका सम्बन्धित पालिकाका स्वास्थ्य संयोजकको भनाइ छ । महाँकाल र कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिले कोरोनाका कारण मृत्यु वरण गर्नुपरेको छैन तर वाग्मती वडा नं ६ आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ डिस्चार्ज हुनेको सङ्ख्या १५, होम आइसोलेसनमा सात र गाउँपालिकामा कूल कोभिड सङ्क्रमित सङ्ख्या २२ पुगेको छ ।” गाउँपालिकाका केही व्यक्तिमा कन्ट्याक टे«सिङ गर्दा कोरोना पोजेटिभ देखिए पनि रोगको वास्तै नगरी मज्जाले हिँडिरहने, सजक हुनुपर्छ भनेर सम्झाए पनि ‘मलाई पोजेटिभ देखिएकै छैैन । मलाई यो रोग लागैकै हैन’ भन्नेसम्मका कुरा गर्ने गाउँवासी रहँदा उहाँबाट झन जोखिम बढ्ने पो हो कि भन्ने डर रहेको तिमिल्सिनाले जानकारी गराउनुभयो । 

महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १४, सक्रिम सङ्क्रमित एक र कूल कोरोना सङ्क्रमति सङ्ख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो । कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १०, सक्रिय सङ्क्रमित चार र हालसम्म गाउँपालिकामा कूल कोभिड सङ्क्रमति सङ्ख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका–३ दलचोकी निवासी एकै घरका चार परिवारमा दोस्रो पटक कोरोना परीक्षण गर्दा पुनः पोजेटिभ नतिजा आएपछि आज तेस्रो पटक हामीले उहाँहरुको स्वाब सङ्कलन गरेर गोदावरी नगरपालिका–६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा परीक्षणका लागि लाँदै छौं  ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल