२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अठार वर्ष गोहीसँग

२० कार्तिक २०७७, बिहीबार ०५:२८

कात्तिक २०, चितवन । नेपाल सरकारको अधिकृत जो चौबीसै घण्टा काममा खटिन्छ भन्दा आश्चर्य लाग्न सक्छ । त्यसमाथि पनि अधिकांश समय वन र खोलामा भीमकाय जङ्गली जनावरको वरिपरि रहेर गर्नुपर्ने काम । जोकोहीले यो काम गर्न नै सकिन्छ भन्ने कल्पनै गर्न सक्दैन तर चितवन राष्ट्रिय निकुञ्जमा १८ वर्षदेखि सहायक संरक्षण अधिकृत पदमा कार्यरत वेदबहादुर खड्काको दैनिकी यसैगरी बित्ने गरेको छ ।

निकुञ्जको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका खड्काको गोहीको अण्डा सङ्कलन गर्ने समयमा ३० प्रतिशत रात नदी किनारको बगरमा बित्ने गर्दछ । निकुञ्ज हुँदै बग्ने. नदीमा फागुनदेखि वैशाखसम्म धेरै समय उहाँले नदीमै अण्डा सङ्कलनमा बिताउनुहुन्छ ।

विसं २०४५ मा सगरमाथा राष्ट्रिय निकुञ्ज निकुञ्जमा रेञ्जर पदबाट सेवा शुरु गर्नुभएका खड्का विसं २०५७ मा चितवन राष्ट्रिय निकुञ्जमा सरुवा भएर आउनुभयो । विसं २०६३ मा लाङ्टाङ राष्ट्रिय निकुञ्ज सरुवा भई जानु भए पनि तीन वर्षपछि पुनः यही फर्किनुभयो । 

यहाँ आएदेखि उहाँले निरन्तर गोहीसँग बिताउँदै आउनुभएको छ । गोहीको अण्डा सङ्कलन, अण्डा प्रजनन केन्द्र ल्याएर आवश्यक तापक्रम मिलाई कोरल्नेदेखि बच्चा हुर्काएर खोला नदीमा छोड्नेसम्मको काम उहाँकै नेतृत्वमा हुँदै आएको छ । सँगै कछुवा, गिद्धको प्रजनन केन्द्र पनि उहाँकै नेतृत्वमा छ ।

उहाँले गरेको कामको प्रकृति हेर्दा आङ नै सिरिङ हुने गर्दछ । निकुञ्ज आसपासका नदी किनारमा सामान्य पालको घरमा उहाँले धेरै रात बिताउनुभएको छ । गोही, बाघ, हात्ती, गैँडा, अजिङ्गरजस्ता हिंस्रक जनावरको बासस्थानसँगै उहाँको पनि रात बित्ने गरेको छ । खड्का भन्नुहुन्छ, “मलाई गते बार खासै थाहा हुँदैन । काम कति भयो भन्नेमा मात्रै ध्यान हुन्छ ।”

कहिल्यै आफ्नो बिदा पूरा सदुपयोग नहुने गरेको उहाँको भनाइ छ । “१० महिनापछि दशैँमा घर गएँ” उहाँले भन्नुभयो, “घर जान्छु भन्दाभन्दै नौ महिना भएछ । नौ महिनामा घर जान नहुने प्रचलनअनुसार १० महिनामा बल्ल घर गएँ ।”

 मूल घर सर्लाहीको हरिवन भएका खड्काका श्रीमती र छोराछोरी काठमाडौँमा बस्नुहुन्छ । एक छोरी चिकित्सक, अर्की छोरी बिडिएस अध्ययनरत हुनुहुन्छ भने छोरा कक्षा १२ मा पढ्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, “घरमा कहिलेकाहीँ मात्रै जाँदा छोराछोरीले ‘हाम्रो बुबाको छोराछोरी नै गोही हुन्’ भन्ने गर्दछन् ।”

 परिवारलाई भन्दा सङ्कटापन्न अवस्थामा पुगेको गोहीलाई बढी माया गर्ने खड्का एक पटक नदीमा जाँदा १४ रातसम्म बगरमा सुतेको स्मरण गर्नुहुन्छ । गोहीको अण्डा सङ्कलन गर्न, अवस्था बुझ्न, उनीहरूको आनीबानी अध्ययन गर्न नियमित नदीमा जाने गर्नुहुन्छ । यसरी जाँदा एक जना डुङ्गा चलाउने बोटे मात्रै साथमा हुने गर्दछन् । खड्का स्थानीय माझी बोटे झैँ घुम्दै गर्नुहुन्छ । सँगै लगेको चामल त्यहीँ नदी किनारमा पकाएर उहाँले खाने गर्नुहुन्छ । नदी किनारमा झट्ट हेर्दा उहाँलाई कसैले नेपाल सरकारको अधिकृत भनेर पत्याउनै मुस्किल पर्छ ।

त्यसो त उहाँ अरु समयमा पनि गोहीसँगै हुनुहुन्छ । प्रजनन् केन्द्रमा रहेका ५०० भन्दा बढी साना ठूला गोहीको रेखदेख उहाँले गर्दै आउनुभएको छ । उहाँले यसका अतिरिक्त चरा, बाघ, गैँडा, हात्तीजस्ता जनावरको पनि अध्ययन र अनुसन्धान गर्दै आउनुभएको छ । समय समयमा आफूले गरेको अध्ययनलाई लिपिबद्ध गरेर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गर्ने गर्नुभएको छ । कतिपय उहाँका लेख नेपालका अनलाइन र पत्रपत्रिकामा पनि पढ्न पाइन्छ ।

रात दिन नभनी घडियाल गोही संरक्षणमा खटिनुभएका खड्काको जागीरको ५८ वर्षे सेवाअवधि आगामी पुसमा सम्पन्न हुँदैछ । उहाँले सम्हाल्दै आउनुभएको यो काममा अब को आउला र कसरी काम गर्ला भन्ने प्रश्न पनि उठ्ने गर्दछ । उहाँले नेपाल सरकारको ‘जागीर’ नभनी संरक्षणमा देखाएको योगदान संरक्षण क्षेत्रका लागि अतुलनीय छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही