साउन १६, जुम्ला । उच्च हिमाली क्षेत्रमा पर्ने कर्णालीको जुम्लामा पहिलो पटक रु एक करोड लागतमा ‘यार्सा मिनरल्स वाटर’ उद्योग निर्माण गरिएको छ । 

पटमारा–८ उर्थुचौतारा जुम्लामा निर्मित उद्योगको शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, जुम्ला । उच्च हिमाली क्षेत्रमा पर्ने कर्णालीको जुम्लामा पहिलो पटक रु एक करोड लागतमा ‘यार्सा मिनरल्स वाटर’ उद्योग निर्माण गरिएको छ । 

पटमारा–८ उर्थुचौतारा जुम्लामा निर्मित उद्योगको शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा मिनरल्स वाटर उद्योग निर्माण

१६ श्रावण २०७३, आईतवार ०६:०७

साउन १६, जुम्ला । उच्च हिमाली क्षेत्रमा पर्ने कर्णालीको जुम्लामा पहिलो पटक रु एक करोड लागतमा ‘यार्सा मिनरल्स वाटर’ उद्योग निर्माण गरिएको छ । 

पटमारा–८ उर्थुचौतारा जुम्लामा निर्मित उद्योगको शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उद्घाटन गरे । 

प्रजिअ पण्डितले गुणस्तर राम्रो बनाउँदै लगेमा रसुवामा निर्मित हिमालयन स्प्रिङ उद्योग झैँ अरबसम्म यस उद्योगले पनि यार्सा जडित पानी निर्यात् गर्ने सम्भावना रहेको बताए । 

अङ्गत महत, जयबहादुर महत, एकराज महत, पदमबहादुर महत, दलबहादुर महतारा र गणेशबहादुर रोकायाको साझेदारीमा उर्थुचौतारामा चार हजार वर्गमिटर क्षेत्रफलमा उद्योग निर्माण गरिएको उद्योग साझेदार जयबहादुर महतले जानकारी दिए। उहाँले १० वर्षका लागि जग्गा भाडामा लिएर शुद्ध पानी, माछापालन, जुस, जेली, जाम उत्पादन गर्ने र लुगाधुने मेसिनको पनि व्यवस्था गर्ने बहुउद्देश्यले यो उद्योग निर्माण गरिएको बताए । 

हिमाली क्षेत्रमा कडा मेहनतका साथ उद्योग निर्माण गरी रोजगार सिर्जना गर्ने र यसको पहिचान विश्व बजारमा पु¥याउन जमर्को गर्ने उदेश्यले स्थापना गरिएको सो उद्योगलाई यहाँका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीविले सराहनीय कार्य भनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने