कार्तिक २०, डोटी | बिहिबार डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ |
१९ जनाको कोरोना परिक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ |
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जनामा कोरोना संक्रमण भेटिएको बताए |