२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका प्रधानाध्यापकको हत्याको आशंकामा पाँच जना प्रहरी नियन्त्रणमा

२०७७, २१ कार्तिक शुक्रबार ०५:०९

कार्तिक २१, बैतडी | दार्चुलाको गोकुलेश्वरमा मृत भेटिएका बैतडीको डिलाशैनी गाउँपालिका–२ कपट्टाका प्रधानाध्यापकको हत्याको आशंकामा दार्चुला प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ |

कार्तिक १८ गते शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक भिरपट्टी आरसीसी नहर (कुलो) मा नहर भित्र टाउको र नहर बाहिर हात रहेको अवस्थामा ४० वर्षीय गोबिन्द घरेडी भेटिएका थिए | उनी डाडाबाग आधारभुत विद्यालय किमिचोर डिलाशैनी गाउँपालिका वडा नं. २ कपट्टाका प्रधानाध्याप हुन् |

मृतकको टाउँकोमा धारीलो हतियार प्रहार भएको जस्तो देखिने घाउँ र शरीरमा निलडाम रहेकाले हत्या भएको आशंका गरिएको थियो । मृतकका आफन्तले गोकुलेश्वरमा पोष्टमाटम रिर्पोट सहि आउनेमा आफुहरु विस्वस्त नभएको भन्दै जिल्ला अस्पताल बैतडी लगेर पोष्टमार्टम गरेका थिए |

घटना संकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि मृतकसंगै गोकुलेश्वर आएका चार जना र गोकुलेश्वरमा दिउँसो खाना खाएको होटलका सञ्चालकलाई पनि नियन्त्रणमा लिएर जिल्ला अदालत दार्चुलाबाट एक हप्ताको म्याद थप गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण