२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चेपाङ विद्यार्थीका लागि भान्छाघर निर्माण

२०७७, २६ कार्तिक बुधबार ०५:४३

कात्तिक २६,  मुग्लिन । हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा पकाउन प्रयोग गर्न निर्माण गरिएको भान्छाघर विद्यालयलाई हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा  इच्छाकामना–६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले हेल्पकोड नेपालले विगत छ वर्षदेखि नै विद्यालयमा विभिन्न सहयोग गर्दै आएको भन्दै हेल्पकोड नेपालका विभिन्न सहयोगले विद्यार्थीलाई विद्यालयसम्म नियमित आउन पे्ररित गरेको बताउनुभयो ।  

प्रधानाध्यापक पाण्डेले अब विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा पनि सहयोग अपेक्षा गर्नुभयो । उहाँले विद्यार्थीका लागि खाजा पकाउने भान्छा नहुँदा बाहिरै पकाएर खुवाउनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै हेल्पकोड नेपाललाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा हेल्पकोड नेपालमार्फत विद्यार्थीहरुलाई मास्क, सेनिटाइजर, साबुनलगायत सरसफाइका सामग्री  वितरण गरिएको थियो । कक्षा  ५ सम्म  पढाइने हुने यस विद्यालयमा १३४ चेपाङ बालबालिका अध्ययनरत छन् । विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीहरु नियमित आउने गरेको प्रधानाध्यापक पाण्डेले बताउनुभयो । उहाँले गत आर्थिक वर्षदेखि शिक्षा मन्त्रालयबाट  खाजा कार्यक्रम कटौती हुँदासमेत विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगमा उक्त कार्यक्रमलाई विद्यालयले निरन्तरता दिएको  बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण