२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका आठवटै स्थानीय तहले शुरुगरे अस्थायी कोभिड अस्पताल

२७ कार्तिक २०७७, बिहीबार ०९:०९

कार्त्तिक २७, खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहले धमाधम अस्थायी कोभिड अस्पताल शुरु गरेका छन् । यहाँको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताउनुभयो । 

तिहारपछि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउने पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका–५ मा सो अस्पताल स्थापना गरी दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कर्मचारी भर्ना गरिसकेका छौँ ।” कोभिड अस्पतालका लागि विज्ञापन गर्दासमेत मेडिकल अधिकृतको आवेदन कसैको नपरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

जिल्लाको हिमा, तिला, कनकासुन्दरी, सिंजा र गुठीचौर गाउँपालिकाले कोभिड अस्थायी अस्पताल स्थापना गरी सञ्चालनको तयारीमा जुटेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । सङ्घीय सरकारको रु १० लाख बजेटबाट औषधि, औजारलगायत सामान खरिद गरिँदै जाने तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

अस्थायी कोभिड अस्पतालमा एक जना एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगीको आवेदन परेको र डाक्टरको दुई पटकसमेत विज्ञापन गर्दा कसैको पनि आवेदन नपरेको गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले बताउनुभयो । कोभिड अस्पताल सञ्चालका लागि एमबीबीएस डाक्टरको आवेदन कसैको नपरेको यहाँका स्थानीय तहले जनाएका छन् । रासस    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान