२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका आठवटै स्थानीय तहले शुरुगरे अस्थायी कोभिड अस्पताल

२०७७, २७ कार्तिक बिहीबार ०९:०९

कार्त्तिक २७, खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहले धमाधम अस्थायी कोभिड अस्पताल शुरु गरेका छन् । यहाँको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीमा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईले बताउनुभयो । 

तिहारपछि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउने पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका–५ मा सो अस्पताल स्थापना गरी दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कर्मचारी भर्ना गरिसकेका छौँ ।” कोभिड अस्पतालका लागि विज्ञापन गर्दासमेत मेडिकल अधिकृतको आवेदन कसैको नपरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

जिल्लाको हिमा, तिला, कनकासुन्दरी, सिंजा र गुठीचौर गाउँपालिकाले कोभिड अस्थायी अस्पताल स्थापना गरी सञ्चालनको तयारीमा जुटेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । सङ्घीय सरकारको रु १० लाख बजेटबाट औषधि, औजारलगायत सामान खरिद गरिँदै जाने तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

अस्थायी कोभिड अस्पतालमा एक जना एमबीबीएस डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब असिस्टेन्ट र एकजना कार्यालय सहयोगीको आवेदन परेको र डाक्टरको दुई पटकसमेत विज्ञापन गर्दा कसैको पनि आवेदन नपरेको गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले बताउनुभयो । कोभिड अस्पताल सञ्चालका लागि एमबीबीएस डाक्टरको आवेदन कसैको नपरेको यहाँका स्थानीय तहले जनाएका छन् । रासस    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण