२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी बस दुर्घटना : मृतक ९ जनाकै सनाखत (नामावली सहित )

२८ कार्तिक २०७७, शुक्रबार ०७:२०

कार्तिक २८, बैतडी | गए राति बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ खोड्पेमा भएको सडक दुर्घटनामा परी मृत्यु भएका ९ जनाको सनाखत भएको छ | मृत्यु हुनेहरुमा दार्चुला मालिकार्जुन गाउँपालिका डाँडाकोछ बस्ने जगन्नाथ ओझा, बैतडी दोगडा केदार गाउँपालिका–सित्थड बस्ने कविन्द्र प्रसाद जोशी र सोही ठाउँकै २७ वर्षीय करन सिंह ऐडी रहेका छन् |

यस्तै दार्चुला खरकडा बस्ने तर्कराज गिरी, कञ्चनपुर भिमदत्त न.पा. घर भएकी १५ वर्षीया कृतिका कार्की र बैतडी घर भएका कञ्चनपुरमा कार्यरत प्रहरी जवान रणबहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ |

दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी, कञ्चनपुरको भिमदत्त नगरपालिका–१० का विज्ना धामी, धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी तथा सोही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ |

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ८ जनालाई धनगढी रेफर गरिएको छ | बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो | 

त्यस्तै बसका चालक  बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्की घाइते रहेका छन् |  क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण