प्रकाश बम, साउन १६, डोटी  । गाठे मंगले पर्व आज डोटीको सदरमुकाम सिलगढीमा पनि धुमधामका साथ मनाईदै छ । बिहा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम, साउन १६, डोटी  । गाठे मंगले पर्व आज डोटीको सदरमुकाम सिलगढीमा पनि धुमधामका साथ मनाईदै छ । बिहा"/>
२०८२, २५ चैत्र बुधबार
डोटी - DT

गाठे मंगल पर्व सिलगढीमा पनि मनाइदै

२०७३, १७ श्रावण सोमबार ०६:०६

प्रकाश बम, साउन १६, डोटी  । गाठे मंगल पर्व आज डोटीको सदरमुकाम सिलगढीमा पनि धुमधामका साथ मनाईदै छ । बिहानै देखि बाटो बाटोमा पर्व मनाउनेहरु लाम लागेर मनाईरहेका छन् ।

एउटा लामो रसिमा सिस्नो बाधेर बाटो छेकी आवात जावत गर्नेहरुलाई रोकेर दक्षिणा माग्ने चलन रहेको छ । गाठे मंगले दान दिनुहोस्, घैटे सर्प पैसा दिनुहोस् भन्दै बाटो बाटोमा गाठे मंगलेको तस्विर बनाएर माग्ने चलन छ । यो पर्व परापुर्व काल देखि मनाउदै आएको दिपायल सिलगढी नगरपालिका १ का ७६ बर्षिया बृद्ध नहकुल बहादुर सिँहले बताए ।

शुरुमा राक्षस र देवताको लडाई भयो । भगवान संग रिस मानेर राक्षस भागेर गयो । त्यस पछि त्यसले दुईकानमा घण्ट झुडाएर भगवानको नाम नसुनियोस् भनेर हिड्यो तर पछि राम भगवानले दर्शन दियो । त्यस पछि मात्र यसलाई लोकले मान्यता दियो ।  अनि यो पर्वलाई मान्ने गरेको उनि सिँह बताउछन् । त्यति मात्र नभएर यसले चाड पर्व भित्रिएको समेत संकेत गर्ने गर्छ  सिलगढीमा ब्यापार गर्दे आएका केशब खड्काले बताए । पर्वको दिन हल्करा बाहेका अन्य वाटोमा आवत जावत गर्ने सँग गाठे मंगलेको रक्षाको लागि भन्दै पैसा लिने चलन रहिआएको छ । हल्कारालाई चिठि पत्र सम्बन्धित ठाउमा पुगाउन ढिलो हुन्छ भनेर पहिला हाम्रोपालमा छोड्ने गर्दथ्र्यौ नहकुल सिँह बताउनु हुन्छ ।

बिहान देखि दिउँसो सम्म यो पर्व मनाएर पछि गाठे मंगललाई सेलाउने समेत चलन रहेको पाईन्छ । यसमा आफ्नो श्रद्धाले एक रुपैया देखि जति पनि लिने गरीन्छ । जवरजस्ति यति रुपैया दिनु पर्छ भनेर कर काप समेत नगर्ने गरेको पाईन्छ । अहिले रुपैया दिन नसक्नेलाई समेत हामिले छोड्ने गरेका छौ अनिल सिँले बताए । उठेको रुपैयाले भोज खाने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण