२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सक अभाव

२०७७, ५ मंसिर शुक्रबार ११:४३

मङ्सिर ५, खलङ्गा । जुम्लाका सात स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएको छ । सङ्घीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ । तत्काल तीन महिनाका लागि बजेट व्यवस्थापनसहित यहाँका स्थानीय तहमा सङ्घीय सरकारले रु १० लाखका दरले बजेट पनि पठाएको छ । 

जिल्लाका सात स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना गर्न बजेट पठाइए पनि सातै स्थानीय तहले एक  चिकित्सक पनि पदपूर्ति गर्न नसकेको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो । सरकारले कोभिड अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई स्टाफ नर्स तथा एकएक  ल्याब टेक्निसियन र कार्यालय सहयोगी राख्न बजेटसहितको व्यवस्थापन गरेको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गशेष शाहीले बताउनुभयो ।

यहाँका स्थानीय तहले १५ दिनको समयावधिमा दुई पटकसम्म विज्ञापन आह्वान गरेकाम एक चिकित्सकले पनि विज्ञापनमा दरखास्त नदिएको गुठीचौर गाउँपालिका स्वास्थ्य संयोजक बालकराम नेपालीले बताउनुभयो । सरकारी तलब स्केलमा बजेट पठाइए पनि मेडिकल अधिकृतले न्यूनतम रु एक लाख माग्ने भएकाले कसैको दरखास्त नपरेको हुन सक्ने जनाइएको छ  । 

चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले सो नगरपालिकामा मेडिकल अधिकृत छन् । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले भन्नुभयो, “पत्रिकामार्फत विज्ञापन पनि गरायौँ । व्यक्तिगत रुपमा खोजी भए पनि मेडिकल अधिकृत पाउन सकिएन ।” गाउँपालिकाले थप बजेट व्यवस्थापन गर्ने भनिए पनि चिकित्सक पाउन नसकिएको अध्यक्ष रावलले बताउनुभयो ।” स्टाफ नर्स र अन्य कर्मचारीका हकमा ठूलो सङ्ख्यामा आवेदन परी परीक्षा लिई उत्तीण हुनेलाई भर्ना गरिसकिए पनि मेडिकल अधिकृत अहिलेसम्म पाउन नसकिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । सङ्घीय सरकारले पहिलो पटक तीन महिनाका लागि रु १० लाख पठाएको छ । रु चार लाख ५० हजार तलब र रु पाँच लाख ५० हजार अस्थायी कोभिड अस्पताल व्यवस्थापनका लागि बजेट पठाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण