२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा भिन्नै कोभिड अस्पताल बनाउने विपत् व्यवस्थापनको निर्णय

२०७७, ८ मंसिर सोमबार ०४:४२

मङ्सिर ८, सिञ्जा । जुम्लामा जिल्ला विपत् व्यवस्थापन समितिले सुविधासम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना सङ्क्रमित र अन्य बिरामी उपचार गर्न एउटै अस्पताल (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला) भएपछि कोभिड अस्पताल छुट्टै बनाउनुपर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । जिल्ला खेलकूद विकास समितिको कभर्ड हलनजिक रहेको पूर्वाधार विकास कार्यालयको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेस गरेको प्रतिवेदनको आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो । उक्त भवनमा रहेको पूर्वाधार विकास कार्यालय जिल्ला समन्वय समितिभित्र रहेको तत्कालीन जिल्ला प्राविधिक कार्यालय रहेको भवनमा स्थानान्तरण गर्ने निर्णय पनि भएको छ । 

त्यसैगरी कोरोना सङ्क्रमितलाई उपचारका लागि अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ । यहाँका सात स्थानीय तहले कोभिड एम्बुलेन्सको भाडास्वरूप चार महिनामा रु ८६ हजारका दरले उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको हो । जुम्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४०४ पुगेको छ । तीन सय ७१ सङ्क्रमित निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अन्य बिरामीको जोखिमलाई मध्यनजर गर्दै भिन्नै कोभिड अस्पताल बनाउने यसअघिको प्रस्तावमा सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाको संयोकत्वमा पूर्वाधार कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, नेपाल पत्रकार महासङ्घ र नागरिक समाज समेटेर पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले अनुगमन गरी प्रतिवेदन दिएपछि सोही आधारमा जिल्ला विपत् व्यवस्थापन समितिले निर्णय गरेको हो । यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिले हिमपात पूर्वतयारी कार्ययोजना पारित गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण