Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
November 26, 2020 चितवन - CTW, समाज

त्रिशुलिमा खसेको भ्यानबाट २ जनाको शव निकालियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर ११, चितवन | </b>प्युठानबाट बिरामी लिएर काठमाडौं आउँदै गर्दा त्रिशुलिमा खसेको भ्यानबाट २ जनाको शव निकालेको छ | गोताखोर टोली परिचालन गरी पिकअप भ्यानका चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको हो |<br></p><p>&nbsp;बिहिबार बिहान प्युठानबाट काठमाडौँ आउंदै गरेको गरेको लु १ च ९७३१ नम्बरको भ्यान त्रिशुलीमा खसेको थियो | चितवनको इच्छाकामना गाउँपालिकास्थित पृथ्वी राजमार्गको नाग्दी खोला नजिकैबाट त्रिशूली नदीमा खसेको उक्त भ्यानमा प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का नदीमा पौडी खेलेर बाहिर निस्किएका थिए | बेपत्ता तीन जना मध्ये दुई जनाको शव निकालेको प्रहरीले जनाएको छ |</p><p>गाडीमा ३३ वर्षीया जमुना रोक्का र उनकी १५ वर्षीया बिरामी छोरी जिनिसा रोक्का पनि थिए | पौडी खेलेर उत्रिएका रोक्काको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ |</p>