२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

२०७७, १२ मंसिर शुक्रबार ०९:५८

मङ्सिर १२, ललितपुर । हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ ।  गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण  दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो । महामारी अझै मुलुकमा रहिरहँदा आज राति बराह नाट्य महोत्सव आयोजना गरेर विष्णुपुराणमा आधारित कथाअनुसार हिरण्याक्ष दैत्यको वध गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष हामी  परम्परा धान्न मात्र राति करीब ९ बजेदेखि ११.३० सम्म नृत्य मञ्चन गर्ने तयारीमा छौं ।” अन्य वर्ष झैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाले रु दुई लाख र वडा नं १६ ले बराहको मुकुट बनाउन सहयोग गरेको चित्रकारले जानकारी गराउनुभयो । 

गत वर्ष पनि वडा नं १६ ले समितिलाई नृसिंहको मुकुट बनाइदिएको थियो । पाटन कृष्ण मन्दिर नजीकै रहेको ‘कार्तिक डबली’ मा राति नृत्य मञ्चन गर्न मञ्चलगायत आवश्यक वस्तुको तयारी भइसकेको छ । दिनानुदिन देखिएको कोभिड–१९ का कारण सामाजिक दूरी कायम गरेर आवश्यक कलाकार मात्र उपस्थित गराइने समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । उहाँले  भन्नुभयो, “मुलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको सुनिएको छैन ।” 

आफूनो उमेर ढल्केर बढ्दो रोगका कारण आज राति उपस्थित हुन नपाए तापनि नाकानाकामा स्थानीय स्वयंसेवक परिचालन गरेर थोरै दर्शकको उपस्थितिमा नाच चलाउनुपर्ने पाटन निवासी ७६ वर्षीय विजेन्द्रलाल श्रेष्ठले सुझाव दिनुभयो ।  विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । सो नाच विश्वकै नाचमध्ये सबैभन्दा लामो भएको जिकिर गरिएको छ । 

कात्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । कात्तिक नाच प्रथम पटक पाँच दिन  तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको जानकार बताउँछन् । 

यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्रले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ । सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । 

आज राति देखाइने कार्तिक नृत्यमा १८ वर्षमुनि र ६० वर्षमाथिका मानिसलाई कलाकारमा संलग्न नगराइने भएको छ । सो उमेर समूहका मानिसमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा समितिले सो निर्णय गरेको समितिका सचिव विजय तण्डुकारले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा