२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

१५ मंसिर २०७७, सोमबार १५:२५

मङ्सिर १५, सर्लाही (रासस) । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको मुज्जफरपुर घर भइ सर्लाहीको हरिपुर नगरपालिका–६ स्थित ससुराली घरमा बस्दै आएका ती पुरुषलाई छोरीलाई पटकपटक बलात्कार गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पुरुष उनका श्रीमती, दुई छोरा र एक छोरीसँगै एक इँट्टा उद्योगमा काम गर्दै आएका थिए । 
परिवारजनका अनुसार करिब एक महिनाअघि उनले छोरीलाई राति घरबाहिर लगी बलात्कार गरेका थिए । त्यसपछि गत मङ्सिर १२ गते राति पुनःबलात्कार गरेपछि श्रीमतीले नै ती पुरुषविरुद्ध प्रहरीमा उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।
पीडित बालिका र उनका बुबाको जिल्ला अस्पताल सर्लाहीमा स्वास्थ्य परीक्षण गरिएको र ती पुरुषलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट