दान बहादुर बुढा/साउन १८, मुगु । राज्य पुर्न संरचना आयोगले स्थानीय तहमा गाउँ पालिका, वडाको सिमाकंन गर्न ल्याएको अवधारणामा मुगालीले असन्तुष्टी जनाएका छन । 

जिल्ला विकास समितिमा सोमबार आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहभागि सरोका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा/साउन १८, मुगु । राज्य पुर्न संरचना आयोगले स्थानीय तहमा गाउँ पालिका, वडाको सिमाकंन गर्न ल्याएको अवधारणामा मुगालीले असन्तुष्टी जनाएका छन । 

जिल्ला विकास समितिमा सोमबार आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहभागि सरोका"/>

2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

स्थानीय तहको पुर्न संरचनाको खाकामा मुगालीको असन्तुष्टि

दान बहादुर बुढा/साउन १८, मुगु । राज्य पुर्न संरचना आयोगले स्थानीय तहमा गाउँ पालिका, वडाको सिमाकंन गर्न ल्याएको अवधारणामा मुगालीले असन्तुष्टी जनाएका छन । 

जिल्ला विकास समितिमा सोमबार आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहभागि सरोकारवालाहरुले स्थानीय तहको सिमाकंनमा ल्याएको अवधारणा प्रति असन्तुष्टि जनाएका हुन ।

 गाउँ पालिकाको सिमाकंन गर्दा हिमाली जिल्लाहरुमा एक गाउँ पालिकाका लागि १५ हजार जनसंख्या हुनु पर्ने, एक हजार तिन सय वर्ग मिटर भुगोल हुनु पर्ने, वडाका लागि तिन हजार जन संख्या आवश्यक पर्ने स्थानीय तहको सिमाकंनको अवधारणामा उल्लेख छ । 

स्थानीय तहको अवधारणा तयार पार्दा भुगोल, हावा पानी लगायत स्थलगत अध्ययन नै नगरि केन्द्रबाट अवधारणा लाद्न खोजिएकोमा असन्तुष्टि उत्पन्न भएको छ । अहिले २४ वटा गाविस  रहेकोमा सोरु भेगका सात गाविस समेट्ने गरि एउटा गाउँ पालिका, खत्याड भेगका सात गाविस समेट्ने गरि एक ,गम भेगका पाँच गाविस एक र करानका पाँच गाविसलाई एक गरेर जम्मा चार गाउँ पालिका हुने स्थानीय तह पुर्न संरचना आयोगले तयार पारेको अवधारणाको खाकामा छ ।

 आयोगले ल्याएको कार्य विधिले स्थानीय तहमा पुर्ण अधिकार गाउँ पालिकामा हुने भने पनि वडालाई कस्तो अधिकार दिने भन्ने कुरा केही नबोलेको नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य मंगलबहादुर शाहीले बताए । 

ग्रामीण क्षेत्रको भुगोल, वस्तु स्थिती नबुझी सोझै केन्द्रबाट स्थानीय निकायको खाका तयार हुनु जनताले चाहेको संघीयता हुन नसक्ने उनले बताए ।  जनताले चाहेको र विज्ञले तयार बनाएको खाका आफैमा नमिलेको र गाउँ पालिका गठन हुने प्रावधानले जनतालाई प्रशासनिक अधिकार पुर्ण दिने भए पनि राजनितिक अधिकारबाट बञ्चित हुने अवस्था देखिएको पुर्व सभासद नवराज धामीले बताए । 

मध्य पश्चिमलाई सुदुर पश्चिमसंग गाभ्दा कर्णालीले आन्दोलन गर्नु परेको , हरेक आवश्यकता पुरा गराउन आन्दोलन नै गर्नु पर्ने अब पनि स्थानीय निकायको पुर्न संरचनाका लागि पनि आन्दोलन गर्नु पर्ने विषय विडम्बना भएको खत्याड भेगका स्थानीयवासी रंगविर परियारले बताए । 

गाउँ पालिका गठन गर्दा आयोगको खाका अनुसार जनताले अहिले भन्दा झन दुख र असुविधा हुने देखिएको तथा आर्थिक , राजनितिक , शैक्षिक सुविधा एवं पहुँचबाट टाढा रहने देखिएको पुर्वी करान भेगका स्थानीयवासी गुरु स्याँग्याप लामाले बताए ।

 अब गठन हुने गाउँ पालिका मुगु जिल्ला र जनताले खोजे जस्तो नहुने भएकाले जिल्लाका सम्पुर्ण राजनितिक दल , सरोकारवाला निकायहरु एकजुट भएर परिमार्जन गराउन लाग्नु पर्ने नेकपा एमालेका अध्यक्ष धर्मबहादुर शाही र नेपाली काँग्रेसका सदस्य गजेन्द्रबहादुर मल्लले तर्क गरे । 

सोरु भेगका लागि धैनकोट, कालै र रारा गाविसलाई एक, सोरु भेगकै जिमा, नार्थपु, फोतु र भिई गाविस मिलाएर एक, खत्याड भेगका लागि ह्याँग्लु, सुकाढिक, र कोटडाँडालाई मिलाएर एक, खत्याड भेगमा नै गम्था, खमाले, श्रीकोट र सेरी गाविसलाई मिलाएर एक गरि गाउँ पालिका गठन गर्नु पर्ने स्थानीयको भनाई छ । 

त्यस्तै पुर्वी करानका लागि मुगु गाविसलाई एक, किम्रि र दोल्फु एक र पुलु र माँग्रीलाई एक गरि तिन गाँ पालिका बनाउनु पर्ने तथा सदरमुकाम गमगढी सहित श्रीनगर, कार्कीवाडा, पिना, रोवा र रुगाका लागि एक नगर पालिका र एक गाउँ पालिका बनाईनु पर्ने सुझाव मुगुवासीले दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल