2026-10-21 08:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कतार फरार भएका गैँडा तस्करीका दोषी १५ वर्षपछि पक्राउ

मंसिर १९, चितवन | दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् |

विसं २०६२ असोज १२ गते मुद्दा दायर भई विसं २०६४ पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र रु एक लाख जरिवाना फैसला गरेको थियो । गैँडा तस्करहरुले दुईपटकसम्म गैँडा मार्ने असफल प्रयास गरेपछि नेपाली सेनाका भगौडा निज चौधरीलाई समेत समूहमा सामेल गरी गैँडा मारेको अन्य पक्राउ परेकाहरुको वयानबाट खुलेको उनले जानकारी दिए।

निजहरुले भारतबाट बन्दुक किनेर गैँडा मारेको खुल्न आएको छ । चौधरीको समूहले पुष्पलाल भण्डारीको समूहलाई खाग बिक्री गरेको खुल्न आएको अधिकारीले जानकारी दिए । निकुञ्जको फैसलापछि निज चौधरी जिल्लाकै गुञ्जनगर र खुरखुरेमा बसाइँसराइ गरेका थिए । निजलाई खुरखुरेबाट बिहीबार पक्राउ गरिएको हो । यसै अवधिमा तीनपटक कतार गएर आएको पक्राउपछि चौधरीले वयान दिएका छन् । चौधरी एक वर्षअघि कतारबाट नेपाल आएका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले फरार अभियुक्तको खोजी प्रयासपछि चौधरी पक्राउ पर्न सफल भएको बताए । निजलाई जिल्ला कारागार कार्यालय चितवन पठाइएको उनले जानकारी दिए । पछिल्लो समय तस्कर समूह सक्रिय भएसँगै निकुञ्ज चोरी शिकार नियन्त्रणका लागि विभिन्न नयाँ रणनीतिका साथ अघि बढेको जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ