2026-09-18 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

मंसिर १९, झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ ।

सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखालगायतले भत्र्सना गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए । यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई