Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोजगारीका लागि भारत हिडेका सल्यानका एक व्यक्ति बाटोबाटै हराए

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

शंकर केसी | मंसिर २३,सल्यान | सल्यान सिनवाङका एक ब्यक्ति एक हप्ता देखी सम्पर्क विहिन भएका छन् । कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङ छापनेटाका ४२ वर्षिय चन्द्र बहादुर खड्का सम्पर्क विििहन भएको उनको घर परिवारले जनाएकोे छ ।

गत मंशिर १६ गते मजदुरीको लागि भारत जान्छु भनेर हिडेका चन्द्र बहादुर अहिले सम्म सम्पर्कमा नआएको भन्दै खोजी गरिदिन उनकी श्रीमति रुपि खड्काले अनुरोध गरेकी छिन् । उनले हराइरहेका आफ्ना श्रीमानको खोजज तलासका लागि इलाका प्रहरी कार्यालय लुहाममा निवेदन समेत दिइसकेको जानकारि गराइन् ।

दाङ तुलसिपुर स्थित गहतेमा बसोबास गर्दै आएका आफ्ना भाइ पिमलाल महताराको घरमा बास बस्न जाने र त्यहीँबाटै भाइसंग काम गर्न भारत जाने भनेर घरबाट निस्कीएका चन्द्र बहादुुर अहिले सम्म पनि घरपरिवार र आफन्तीसंगग सम्पर्कमा नआएको भन्दै परिवारले खोजिका लागि आग्रह गरेको हो ।

उनकी श्रीमति रुपि खड्काले भनिन्, ‘मंशिर १६ गते दिउँसो ३ बजे तीर घरपरिवारको सल्लाह बमोजिम काम गर्न जान्छु भनेर निस्कनु भयो, बेलुकी ५ बजे सम्म त्रिवेणीको टुनिबोट बजारमा छु, अव दाङ जान्छु भनेर फोन गर्नुभएको थियोे । त्यसपछी उहाँ भाइको घरमा पनि पुग्नु भएन, अहिले सम्म कहाँ हुनुहुन्छ भन्ने बारे केही पनि थाहा छैन ।’ आफन्तीको गाउँ, घर, भारत र जान सक्ने सम्भावित सबै ठाउँमा खोजि गर्दा पनि फेला नपरेको उनले बताइन् ।

आफु र आफ्नो भाई तुलाराम महतारा खोजि कार्यमा लागिरहेको रुपिले बताइन् । घरमा आफु, एक छोरा र एक छोरी रहेको जनाउदै उनले कमाउन भनेर घरबाट निस्कीएका श्रीमान हराउँदा आफुहरु विचल्लीमा परेको भन्दै खोजिका लागि सबैसंग अनुनय गरिन् । आफ्नोे श्रीमानलाई कोही कसैले भेटेमा ९८०८१११८३० र ९८६६६०६८३३ मा फोेन गरेर जानकारी गराउन उनले आग्रह गरेकी छिन् |